समाचार
राष्ट्र बैंकले विदाको सूचना दिन नसक्दा बैंकवित्तका कर्मचारी कार्यालय पुगेर फर्किए !

नेपाल राष्ट्र बैंकले समयमै सही सूचना दिन नसक्दा मंगलबार धेरै बैंकका कर्मचारीले दुख पाएका छन् । बैंक बीदा हो वा होइन भन्ने कुरा बैंकका शाखा प्रवन्धकलाई थाहा भएन । न त यस बारेमा राष्ट्र बैंकले नै सूचित गर्न सक्यो ।
अहिलेको जेनजी आन्दोलन र लगाइएको कर्फयूका बेला बैंक वित्त खोल्ने वा नखोल्ने भन्नेबारे नेपाल राष्ट्र बैंकले अहिलेसम्म आधिकारीक सूचना जारी गरेको छैन । यसैको मारमा बैंकका कर्मचारी परेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डीत र सहप्रबक्ता सुमन न्यौपानेलाई हामीले यस विषयमा धेरै सम्पर्कको कोशीस गरेका थियौं ।
तथापी केन्द्रीय बैंकको वेभसाको टेलीफोनमा सम्पर्क हुनै सकेन । सोमबार र मंगलबार भएको आन्दोलनमा पनि कैयौं बैंकका कर्मचारी बैंक पुगेर फर्किए । नेपाल राष्ट्र बैंकले आधिकारकि सूचना समयमै दिन नसक्दा मंगलबार बैंक वित्त खोल्ने या नखोल्ने धेरैजसो सिइओहरु अन्यौलमा परे ।
राष्ट्र बैंकसँग समन्वय गरेर काठमाडौंसहित कर्फ्यु लागेका स्थानमा रहेका बैंकका शाखा बन्द गरिएको नेपाल बैंकर्स संघ अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।
तथापी यसबारे नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक शोशल मिडिया वा वेभसाइटमा केही उल्लेख गरेको छैन । सुरक्षाकर्मीलाई अहिलेसम्मको अबस्थामा हेर्ने हो भने सुरक्षाको अबस्था थेग्न कठिन छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































