जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अहिलेसम्मकै ठूलो विदेशी लगानी, वर्ल्डलिंकमा

प्रविधि

अहिलेसम्मकै ठूलो विदेशी लगानी, वर्ल्डलिंकमा

सीडीसीले १ अर्ब ३५ करोड लगानी गर्ने

अहिलेसम्मकै ठूलो विदेशी लगानी, वर्ल्डलिंकमा

सूचना तथा प्रविधिको क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अहिलेसम्मकै ठूलो विदेशी लगानी भित्राएको छ ।

वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले १२ मिलियन डलर अर्थात एक अर्ब ३५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो । बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपले वर्ल्डलिंकमा सो रकम बराबरको लगानी गर्ने छ ।

विदेशी साझेदार भित्राएपछि वर्ल्डलिंकले विकट स्थानमा इन्टरनेटको सेवा विस्तार गर्ने जनाएको छ । इक्विटीको रुपमा वल्र्डलिंकमा सीडीसीले १० प्रतिशत सेयर खरिद गरेको हो ।

गरिबीबाट मुक्त गर्न सहयोग पुर्‍याउने कार्यमा इन्टरनेट सेवाले पुलको रुपमा काम गर्ने छ भन्नेमा हामी विश्वस्त छौं,’ सीडीसीका प्रबन्ध निर्देशक तथा एसिया प्रमुख श्रीनि नागराजनले भने, ‘नेपालभर इन्टरनेटको उपयोगिताले मझौला तथा साना उद्योगहरूलाई विश्व व्यापार र बजारमा पहुँच पुर्‍याउन मद्दत गर्नेछ भन्ने हाम्रो मान्यता हो ।’

वल्र्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सीडीसी नेपाल भित्रिएर आफुहरुको विश्वास बढाएको बताए । वल्र्डलिंक नेपालमा सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो ।

4325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका