जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • गृहमन्त्री अर्यालका तीन निर्णय- काजक्रियालाई एक लाख, शव लैजान सघाउने र शोक दिवस मनाउने

गृहमन्त्री अर्यालका तीन निर्णय- काजक्रियालाई एक लाख, शव लैजान सघाउने र शोक दिवस मनाउने

नवनियुक्त गृह एवम् कानुनमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणसँगै तीनवटा निर्णय गरेका छन्। शीतल निवासमा सपथ गरेपछि सिंदरबार पुगेर पदभार ग्रहण गरेका उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई काजक्रियाका लागि सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने, शवहरु जिल्ला पठाउनुपर्नेको हकमा हेलिकप्टरको प्रयोग र पछिल्लो घटनालाई राष्ट्रिय शोकको रुपमा मनाउने निर्णय गरेका हुन्।

गृहमन्त्री अर्यालले आगामी निर्वाचन निष्पक्षरुपमा भएर गर्ने बताएका छन्। गत साता भएको आन्दोलनमा दिवंगत धेरै जनाको शव अझै उपत्यकाका अस्पतालहरुमा छन्। अब सद्गतका लागि गाउँघर लैजान सरकारले सघाउनेछ।

शोक दिवसमा राष्ट्रिय झण्डा झुकाइनेछ। उनको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ।

875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?