जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • गभर्नर पौडेलका लागि भाडाको घर खोजीमा राष्ट्र बैंक

गभर्नर पौडेलका लागि भाडाको घर खोजीमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खाेजीमा लागेको छ। जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते गभर्नर पौडेलको भैंसेपाटीस्थित घर आगजनीमा परेपछि राष्ट्र बैंकले उनका लागि भाडाको घर खाेजीमा लागेको हो।

राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भाडाको घर खोजी गर्ने क्रममा आइतबार सार्वजनिक सूचना निकालेको छ।सूचना अनुसार राष्ट्र बैंकले गभर्नरका लागि कम्तिमा १६ आनादेखि अधिकतम २४ आनासम्मको क्षेत्रफलसहितको घर भाडामा लिन लागेको हो।

घर कम्तिमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्नेछ। ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम भएको, कम्तिमा ६ वटा कार वा जीप पार्क गर्न मिल्ने ठाउँ भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग ‍जोडिएको हुनुपर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ।

घर बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रभित्र हुनुपर्नेछ। इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई घर भाडा सम्बन्धी प्रस्ताव पेस गर्न असोज २७ गतेसम्मको समय दिइएको छ।


840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका