जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सानिमा लाइफद्वारा २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफद्वारा २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले मृतक सापकोटाको परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

मिति २०७७ साल चैत २२ गते यस कम्पनीमा प्रथम बीमाशुल्क बापत १ लाख ५७ हजार ४४८ रुपैयाँ बुझाइ १४ वर्ष अवधिका लागि बीमाङ्क २० लाखको बीमा लिएका बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई दाबी रकम दिएको हो ।

कम्पनीका लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक जयदेव गौतम, बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा भरतपुर – ०४ का वडाध्यक्ष जगन्नाथ कँडेलले जीवन बीमा सम्बन्धी चेतना बढाउनु पर्ने आजको आवश्यकता भएको भन्दै मृतकको परिवारमा ‘चह्राएको घाउमा मलम’ लगाएकोमा सानिमा लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिदैं बीमा कम्पनीप्रति जनविश्वास बढेको बताए ।

उक्त कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजरहरु केशरप्रशाद पोख्रेल, बिष्णु भण्डारी र एकराज रिजालको उपस्थिति थियो ।

5615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका