जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष निर्मल ढकालले लिए शपथ

राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष निर्मल ढकालले लिए शपथ

नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राष्ट्रिय बिमा कम्पनीका संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल सरकारको २०८२ कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष तोकिएको हो ।

त्यस अवसरमा बिमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारी उपस्थित थिए ।

605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका