जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • पूर्व राजा भेटभाटमै व्यस्त

आर्थिक विशेष

पूर्व राजा भेटभाटमै व्यस्त

पूर्व राजा भेटभाटमै व्यस्त

२ हप्ते भ्रमणमा पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह भेटघाटमै व्यस्त रहेको देखिन्छ । पूर्व राजा शाह र कांग्रेसी वीपी पार्टीका केही नेताहरुवीच भेटवार्ता भएको स्रोतको दावी छ ।

समाचार स्रोतका अनुसार पूर्व राजा शाह र कांग्रेस वीपी पार्टीका नेताहरुवीच हिन्दु राज्य सहितको राजसंस्था पुनःस्थापना गर्ने विषयमा छलफल भएको छ ।

वीपी कांग्रेसका नेताहरुले कम्युनिष्टहरुले सर्वसाधारण नागरिकको रुपमा राजाको सक्रियता नपचाइरहेका उल्लेख गर्दै शाहले आफ्नो सक्रियतालाई अझ बढाउनुपर्ने सुझाव दिएका थिए । ‘हामीले पूर्वराजालाई नागरिकको हैसियतमा देशभरका नागरिकहरुको भावना बुझ्नका लागि समेत अझै सक्रिय भएर अगाडि बढ्न भनेका छौ ।

सहभागी एक नेताले राजतिलक साप्ताहिकसँग भने ः– धेरै कुरा गिरिजाबाबुसँग भएको थियो, उहाँ पनि नरहेपछि धेरै कुरा बिग्रियो । पूर्व राजाको भनाई उद्धृत गर्दै उनीलेभने–‘म पनि भरपर्दो प्रजातान्त्रिक शक्तिको खोजीमा थिएँ, तपाईहरु अगाडि आउनुभएको छ, आगामी दिनमा यस्ता भेटघाट र सहकार्य निरन्तर रहनेछ ।’ उनीले दावी गरे ।

पूर्व राजासँग भेट पोखरा पुगेका वीपी कांग्रेसका महामन्त्रीद्वय सुशीलमान शेरचन, पुष्पराज पराजुली, प्रवक्ता देवेन्द्र पौडेल र कास्की वीपी कांग्रेसका सभापति जंगबहादुर रानाभाट थिए ।

6530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका