जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित

कुमारी बैंक भिसा लिडरशिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित

यहि मिति २०८२ मंसिर १० मा भिसा इन्टरनेश्नलद्वारा आयोजित “भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५” सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई “एक्सिलेन्स इन क्रस बोर्डर” तथा “एक्सिलेन्स इन कस्टमर क्रेडिट कार्ड बिजनेश प्रिन्सिपल क्लाइन्ट ” अवार्डहरुले सुसम्मानित गरिएको छ ।

यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो ।
आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्टि सेवा प्रदान गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका