"/> ब्यालेन्स सिटभन्दा क्षमता हेरेर ऋण दिने बैंकर नारायणदास मानन्धरको निधन  | Aathikbazarnews.com ब्यालेन्स सिटभन्दा क्षमता हेरेर ऋण दिने बैंकर नारायणदास मानन्धरको निधन  – Aathikbazarnews.com
जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • ब्यालेन्स सिटभन्दा क्षमता हेरेर ऋण दिने बैंकर नारायणदास मानन्धरको निधन 

ब्यालेन्स सिटभन्दा क्षमता हेरेर ऋण दिने बैंकर नारायणदास मानन्धरको निधन<span style= " class="lazy">

पूर्व बैंकर नारायणदास मानन्धरको निधन भएको छ। प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको शोभाभगवतीमा दाहसंस्कार गरिएको छ।

मानन्धर प्राइम कमर्सियल बैंकबाट अवकाश भएका थिए। उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको पारमर्शदाताका रुपमा पनि काम गरेका थिए। उनी राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी निर्देशक भएका थिए। तत्कालीन नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए।

उनी तत्कालीन लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए। तत्कालीन समयमा लुम्बिनी बैंक समस्यामा परेपछि उनलाई राष्ट्र बैंकको रोजाइमा प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो। पाका बैंकर मानन्धरकै पहलमा प्राइम कमर्सियल बैंक खुलेको थियो। उनी प्राविधिकभन्दा पनि व्यवहारिक बैंकरका रुपमा परिचित थिए।

उनी कुनै व्यवसाय चल्छ भन्ने लाग्यो भने प्राविधिक पाटो झिकेर त्यसलाई निरुत्साहित गर्ने भन्दा पनि क्षमता हेरेर ऋण लिने खालका बैंकरका रुपमा चिनिन्थे। उनले परम्परागत रुपमा नगद तथा ऋणको कारोबार गर्ने स्थानीय नेवार समुदायदेखि न्यूरोड वरपरका जनतालाई बैंकमा आबद्ध हुन प्रोत्साहित गरेका थिए।

वित्तीय क्षेत्रका हरेक प्रमुख कार्यकारीको टेबलमा आफ्नो छुट्टै कम्प्युटर वा ल्यापटप हुँदा उनले क्यालकुलेटरका भरमा बैंक चलाएका थिए। उनलाई नजिकबाट चिन्नेहरू मुखमै हिसाबकिताब कन्ठ भएको बैंकरका रुपमा सम्झिन्छन्।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका