जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङले फेरि खाद्यान्नको धुम्ती सेवा सुरु गर्यो

साल्ट ट्रेडिङले फेरि खाद्यान्नको धुम्ती सेवा सुरु गर्यो

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले निषेधाज्ञा अवधिभर खाद्यान्न घरघरै पुर्याउनका लागि धुम्ती सेवा सुरु गरेको छ ।

सरकारी स्वामित्वको साल्ट ट्रेडिङले निषेधाज्ञाको समयमा खाद्यान्नको आपूर्ति सहज बनाउनका लागि धुम्ती सेवा सुरु गरेको बताएको छ।

साल्ट ट्रेडिङले गत बर्ष लक डाउन र निषेधाज्ञाको समयमा उपत्यका र बाहिरका जिल्लामा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेको थियो । कोभिड नियन्त्रण हुन थालेपछि वाणिज्य मन्त्रालयले धुम्ती सेवा संचालनमा रोक लगाएको थियो । तयारी गर्दैछौं । आजै २ वटा मोबाइल भ्यान परिक्षणको लागि पठाएका छौं। – साल्ट ट्रेडिङका सुचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए।

पहिले २ वटा मोवाइल भ्यानबाट सुरु गर्ने र पछि उपभोक्ताबाट आएको प्रतिक्रिया  हेरेर  भ्यान थप्न सक्ने उनले बताए। सर्वसाधारणका लागि टोल टोलमा खाद्यान्न पुर्याउने व्यवस्था भएपछि यसअघिको लकडाउनमा साल्ट ट्रेडिङले घुम्ती सेवा मार्फत धेरै कारोबार गरेको थियो।

गत लक डाउनको समयमा एउटा मोबाइल भ्यानबाटै दैनिक एक लाख रुपैयाँ भन्दा बढीको खाद्यान्न बिक्री भएको थियो ।

अहिले सरकारले बन्दको समयमा खाद्यान्न पसलहरु संचालनका लागि समय तोकेको छ । हाल लक डाउनको समय जस्तो पूरै बन्द नहुने भएकोले खाद्यान्न खरिदको त्यति समस्या देखिँदैन। तर पनि साल्ट ट्रेडिङले पूर्व तयारी थालेको जनाएको छ।

‘बजारमा खाद्यान्नको आपूर्तिमा समस्या त नहोला तर कहिँकतैबाट पहिले जस्तो माग आउन सक्छ । यसका लागि हामिले मन्त्रालयमा खबर गरी घुम्ती सेवा संचालन गर्न लागेको बताइसकेका छौं।’- सूचना अधिकारी राजभण्डारीले बताए।

सरकारी कम्पनी भएकोले बजारको भन्दा खाद्यनहरु सहुलियत मूल्यमा पाइने भएकाले उपभोक्ता साल्ट ट्रेडिङको खाद्यान्न किन्न रुचाउँछन्।

उपत्यकामा मात्र नभइ बाहिरका जिल्लाहरुमा पनि मोबाइल भ्यान मार्फत खाद्यान्न डेलिभरी गर्ने साल्ट ट्रेडिङको योजना छ।

‘माग हेरेर उपत्यकाबाहिर पनि मोवाइल भ्यान पठाउने गरिएको छ । अहिले पनि धेरै माग आए हामी पठाउने तयारीमा छौ’-सूचना अधिकारी राजभण्डारीले भने ।

पहिले पनि नुवाकोट धादिङ सिन्धुपालचोक काभ्रे लगायतका जिल्लाहरुमा धुम्ती सेवामार्फत साल्ट ट्रेडिङको खाद्यान्न बिक्री भएको थियो ।

धुम्तीसेवासँगै साल्ट ट्रेडिङका सबै आउटलेटहरुबाट पनि खाद्यन बिक्री हुनेछ ।

साल्ट ट्रेडिङले चिनी, नुन, गेडागुडी, दाल, चामल र ग्यास बिक्री गरिरहेको छ । घुम्तीसेवा मार्फत प्याकिङ गरिएका खाद्यान्नहरु मात्र मोबाइल भ्यानमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

5940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका