जोडिनुहोस
शुक्रबार, मंसिर २७, २०८२
शुक्रबार, मंसिर २७, २०८२
  • होमपेज
  • नक्कली धितोमा लक्ष्मी सनराइज बैंकबाट ३३ लाख  कर्जा दिएपछि अख्तीयारको प्रवेश : ४ जना बिरुद्ध मुद्धा दायर 

नक्कली धितोमा लक्ष्मी सनराइज बैंकबाट ३३ लाख  कर्जा दिएपछि अख्तीयारको प्रवेश : ४ जना बिरुद्ध मुद्धा दायर 

बैंकवित्त क्षेत्र जस्तो सम्बेदनशील ठाउँलाई मजाक बनाएर केही व्यक्तिहरुले बर्षौदेखि दोहन गर्दै आइरहेका छन् । सर्बसाधारणलाई भएको धितोमा पनि कर्जा लिन मुस्कील छ । सस्तो व्याज भनेर तोकिएको व्याजमा कर्जा पाउन पापड पेल्नु पर्छ । तर कैयौ यस्ता घटना छन् जहाँ धितोको न उचित मूल्याकंन छ नत भनेजस्तो धितो नै छ । कतै खोला देखाएर कर्जा, कतै भीर देखाएर कर्जा । कतै आफन्तका लागि कर्जा । बैंकमा काम गर्ने व्यक्तिका वित्तीय अनुशाशन कम भएपछि यस्ता कुराहरु बारम्बार दोहोरिदै आएका छन् । हालै प्रभु बैंकको काण्ड बाहिरीएसँगै बैंकवित्त भित्र भएका करप्सनहरुको खोजी हुन थालेको छ ।

उता कञ्चनपुरमा एउटा यस्तो कथा भेटिएको छ सुन्दै अनौठो लाग्ने र कथा जस्तै बास्तविकता । हुँदै नभएको घर छ भनी नक्सा तयार गरी ऋण लिएर अनियमितता गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। घर छैन तर घर छ भनेर बैंकबाट कर्जा लिइएको प्रमाण अख्तियारले भेटाएको छ । बैंकवित्तमा अख्तियारले प्रवेश गर्नुपर्ने अबस्था आएपछि वित्तीय अनुशाशनमा धज्जी उडेको आभाष भएको छ यस घटनापछि । यसरी मुद्धा दायर गरिएकाहरुमा कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा घर देखाएर लक्ष्मी सनराइज बैंकबाट ३३ लाख ऋण लिएका बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित चार जना छन् । अख्तियारले उनीसहित सव–इन्जिनियर जय कुँवर, असिस्टेन्ट सव–इन्जिनियर तेज बहादुर सुनार र बेलडाँडी गाउँपालिका–२ का स्थानीय शान्ति नाथविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बेलडाँडी गाउँपालिका–२ स्थित कित्ता नम्बर ३५७, क्षेत्रफल ४०० बर्ग मिटर जग्गामा घर छ भनेर घरै नभएको ठाउँलाई धितो देखाएर लक्ष्मी सनराइज बैंकबाट ३३ लाख ७५ हजार ऋण लिएको अख्तिीयारको रिपोर्टमा उल्लेख छ । बैंकका कर्मचारीको मिलोमतोमा कागजात किर्ते गरिएको स्थलगत अनुसन्धानका क्रममा उक्त स्थानमा कुनै पनि भौतिक संरचना नभेटिएको उल्लेख छ । बैंकवित्तका कर्मचारीले मिलेमतो गरेर कर्जा दिने र कर्जा दिएबापत रकम असुल्ने कार्यले बैंकवित्तमा अराजकता बढेको यस घटनाले देखाएको छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका