जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ऋण लिएर नतिर्नेहरुको सम्पत्ति रोक्का गरिने !

ऋण लिएर नतिर्नेहरुको सम्पत्ति रोक्का गरिने !

सहकारी संस्थाबाट ऋण लिएर नतिर्नेहरुको सम्पत्ति रोक्का गरिने भएको छ । एक सूचना सार्वजनिक गर्दै बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट ऋण लिएर समयमा साँवा र ब्याज नतिर्नेहरुको सम्पत्ति रोक्का गर्ने जनाएको हो ।

मन्त्रालयका अनुसार विभिन्न सहकारी संस्थाबाट ऋण लिने तर तिर्ने बेलामा विभिन्न बाहना बनाएर नतिर्नेहरुको सम्पत्ति रोक्का गरिनेछ ।

यसरी सम्पत्ति रोक्का गर्नका लागि मन्त्रालयले ऋण नतिर्ने ऋणीहरुको पहिचान गरी सम्बन्धित निकायमा सिफरिस गर्नेछ । सोही सिफारिसका आधारमा सहकारीबाट ऋण लिएर समयमा भुक्तानी नगर्नेहरुको सम्पत्ति रोक्का गरिने मन्त्रालयले जनाएको छ ।

830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?