जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • कर्जा बढाउन राष्ट्र बैंकले साना व्यबसायी केन्द्रीत लगानीको नीति लिने

कर्जा बढाउन राष्ट्र बैंकले साना व्यबसायी केन्द्रीत लगानीको नीति लिने

नेपाल राष्ट्र बैंकले साना व्यबसायी केन्द्रीत लगानीको नीति लिने भएको छ । बैंकवित्तमा अत्याधिक तरलता संकलन भएपछि यसलाई व्यबस्थापन गर्नका लागि केन्द्रीय बैंकले साना व्यबसायी केन्द्रीत कर्जानीति लिने भएको हो । नेपालको बैंकवित्तमा हाल ७४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप थुप्रिएको छ । राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले साना व्यबसायी र कृषिमा आधारित कर्जाका लागि अग्रसर हुन बैंकका सिइओहरुलाई निर्देशन समेत दिएका छन् । बैंकवित्तका सिइओहरुसँगको छलफलमा गभर्नर पौडेलले साना व्यबसायमा लगानी बढाउन निर्देशन दिएका हुन् ।
तथापी छलफलमा विभिन्न बैंकका सिइओहरुले लगानीमैत्री वातावरणको अभावका कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन् । नेपाल राष्ट्र बैंकसँगको अन्तरक्रियामा उनीहरुले अहिलेको अबस्थामा शान्ति सुरक्षा र लगानीको वातावरण कम्जोर भएकोले कर्जा प्रवाह गर्न कठिन भएको बताए ।

स्थानीय तहमा उद्यमशीलता बढाउन तथा कृषि कर्जामा लगानी प्रवाह गर्न सके देशको अर्थतन्त्रमा सकारात्मक योगदान हुने गभर्नर पौडेलको भनाई छ । गभर्नर पौडेलले कर्जाको वितरण, किस्ता र व्याज भुक्तानीमा पनि नयाँ डिजाइन गर्न बेंकका सिइओलाई सुझाव दिएका छन् । बजारमा व्यबसायका बारे पर्याप्त विश्लेषण गरेर मात्र लगानी गर्न पनि गभर्नर पौडेलले आग्रह गरेका छन् । साना व्यवसायीलाई अवसर नदिई अर्थतन्त्र अगाडि बढ्न सक्दैन ।भन्दै उनले रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रको विकासका लागि साना व्यवसायीको पहुँचमा कर्जा पुग्नुपर्ने बताए ।

हाल बैंकवित्तमा ब्याज तिर्नकै लागि थप ऋण प्रयोग गर्ने पद्धतिको विकास हुँदै गएको छ । यसका कारण तोकिएको प्रयोजनमा ऋण खर्च नहुने र कतिपय अवस्थामा परियोजना नै सञ्चालन नगरी ऋण चलाउने जस्ता कैफियत देखिएको केन्द्रीय बैंकले जनाएको छ । कर्जा विस्तार र ग्रामीण अर्थतन्त्रको विकासमा केन्द्रीय बैंकले नयाँ नीति लिने संकेत देखाएको छ । गभर्नर विश्वनाथ पौडेल विभिन्न जिल्लाको भ्रमण गरेर काठमाडौं फर्किएपछि उनले बैंकका सिइओहरुसँग छलफल गरेका हुन् ।

नेपालको बैंकवित्तमा ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप पुगेको छ । चालु आबको चार महिनामा ३.१ प्रतिशतले निक्षेपमा बृद्धि भएको छ । पहिलो ४ महिनामा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप रकम ३.१ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेप ३.१ प्रतिशतले बृद्धि भएको हो । हाल नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरुमा गरेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।
उता बैंकवित्तमा लगानीयोग्य रकम धेरै भएपछि नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ४ अर्ब बढी रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले वाणिज्य बैंकमा ३ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ६३ करोड ६६ लाख रुपैयाँ र वित्त कम्पनीमा २१ करोड २२ लाख रुपैयाँ लगानी गर्ने जनाइएको छ । केन्द्रीय बैंकसँग भएको ४ अर्ब २४ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो ।

आर्थिक मन्दीका कारण कालो सूचीमा पर्नेको संख्या बढेको छ । कर्जाका े कारण कालोसूचिमा पर्ने एकातिर छन् भने चेक बाउन्सका कारण कालो सूचीमा पर्नेको संख्याअर्कोतीर छ । व्यक्तिगत लेनदेनमा रकम नहुँदा पनि चेक काटेर दिने र खातामा पैसा नभएपछि कालो सूचीमा पर्नेहरु पनि छन् । पछिल्ला महिनाहरुमा यो प्रवृत्ति धेरै छ । जेन्जी आन्दोलन पछि अर्थतन्त्रमा थप शिथिलता आएपछि यसबाट व्यक्ति तथा संस्थाको आर्थिक कारोबारमा असर परेको छ । केन्द्रीय बैंकका अनुसार एकलाख ५० हजार भन्दा धेरै व्यबसायीहरु कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार पछिल्लो ४ महिनामा मात्रै २० हजार कालो सूचीमा थपीएका छन् । यो क्रम बढेर गएको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?