जोडिनुहोस
शुक्रबार, पुस २५, २०८२
शुक्रबार, पुस २५, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्स कम्पनीले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका दर्जनौ निर्देशन पालना नगरेको पुष्टि !

शिखर इन्स्योरेन्स कम्पनीले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका दर्जनौ निर्देशन पालना नगरेको पुष्टि !

आफूलाई नेपालको नम्बर १ कम्पनी बताउदै व्यापार बिस्तार गर्दै आएको शिखर इन्स्योरेन्स कम्पनी भित्र भित्रै खोक्रो भएको खुलेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले दिएको दर्जनौ निर्देशन पालना नगरेको नेपाल बीमा प्राधिकरणकै स्थलगत निरीक्षणमा उल्लेख गरिएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीका सिइओ दिप प्रकाश पाण्डेले कृषि र पशुपक्षी र लघुबीमा गर्दा प्राविधिकको प्रमाण–पत्र नलिइकन गरेको देखिन्छ भने लघुवीमा व्यवसायलाई प्राथमिकतामा राखी बीमा गरेको नदेखिएको प्रतिवेदन भित्रै उल्लेख गरिएको छ । हेरौं प्रतिवेदन भित्र के के छ त शिखर इन्स्योरेन्स कम्पनीको बदमासी !

– बीमकले शाखा कार्यालय खोल्न पाएको स्वीकृती अवधि समाप्त हुंदा समेत शाखा कार्यालय संचालनमा ल्याएको देखिएन ।
– बीमकको शाखा कार्यालय स्थापना र संचालन गर्दा एक जना अधिकृत स्तरको कर्मचारी सहित कम्तिमा तीन जना कर्मचारीहरूको ब्यवस्था गर्नु पर्नेमा २१ शाखाहरूमा अधिकृत स्तरको कर्मचारी नरहेको तथा ४० शाखाहरूमा कम्तिमा तीन जना कर्मचारीहरू रहेको देखिएन ।
– बीमकको सबै शाखा कार्यालयको आन्तरिक लेखा परीक्षण भएको देखिएन ।
– बीमकले कर्मचारीहरुलाई जीवन बीमा सुविधा प्रदान गर्दा सुविधामा एकरुपता भएको देखिएन ।
– बीमकले लगानी गर्ने क्रममा लगानी समितिमा प्रस्तावित लगानी र लगानी गरिने संस्था (जस्तै लगानीको प्रतिफल स्वरूप प्राप्त हुने ब्याजदरको लागि कोटेशन, लगानीको क्षेत्र, लगानी गरिने संस्था संचालनमा आएको वर्ष, लेखा परीक्षण नियमित रूपमा भए नभएको र मुनाफा नियमित रूपमा आर्जन गर्दै आए नआएको आदि तथ्यहरू) को बारेमा पर्याप्त विश्लेषण गरेको कागजात लगानी सम्बन्धी फाइल वा निर्णयमा संलग्न गरेको देखिएन ।
– बीमकले म्ष्कबकतभच च्भअयखभचथ एबिल तथा द्यगकष्लभकक ऋयलतष्लगष्तथ एबिल तयार गरी लागु गरेको देखिएन ।
– बीमकले प्रभावकारी जोखिम ब्यवस्थापन प्रणाली स्थापना र संचालन गरेको देखिएन ।
– बीमकको आर्थिक प्रशासन विनियमावलीको वा कर्मचारी विनियमावलीको ब्यवस्था भन्दा बाहेक हुने गरी कर्मचारी पेश्की दिएको देखियो ।
– बीमकले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा बीमकको संचालक समितिको बैठकले रकम उल्लेख नगरी उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको देखियो ।
– बीमकले जगेडा कोष, बीमा कोष, असमाप्त जोखिम वापतको ब्यवस्था र भुक्तानी हुन बाँकी दावी वापत ब्यवस्थाको योग भन्दा कम रकम एयरमार्क गरेको देखियो ।
– बीमकले बीमा समितिमा बुझाउनु पर्ने बाली तथा पशुपन्छी बीमाको त्रैमासिक विवरण तोकिएको समयमा बुझाएको देखिएन ।
– बीमकले पशुपन्छीहरूको बीमा गर्दा प्राविधिकले बीमा गर्ने वस्तुको विवरणमा दस्तखत गरी (आधिकारिक प्रमाण) सिफारिस गरे पछि मात्र बीमा गर्नु पर्नेमा सो नगरी बीमालेख जारी गर्ने गरेको देखियो । (ग) बीमकले लघु बीमा व्यवसायलाई प्राथामिकतामा राखी उल्लेख्य कारोवार गरेको देखिएन । सचेत भया ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका