जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • तिहार र छठ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने

तिहार र छठ बिदामा कुनै पनि पेट्रोल पम्प बन्द नहुने

नेपाल आयल निगमले तिहार तथा छठ बिदामा कुनै पनि पेट्रोल पम्पहरु बन्द नहुने जनाएको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि तिहार र छठको बिदामा १३ वटा डिपोहरू समेत खुला राख्ने निर्णय निगमले गरेको छ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले एक सूचना जारी गर्दै जानकारी दिएको छ।

तिहार र छठमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो। निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार पेट्रोल पम्पहरु २४ घन्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुला हुनेछन्।

उनले प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा कातिक ७, ८ र ११ गते डिपो खुला हुने बताए।

यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा कातिक ८, ८ र १२ गते खुला हुनेछ। साथै लुम्बिनीको भैरहवा र कर्णाली प्रदेशको सुर्खेतमा कातिक ८ र ११ गते डिपोहरु खुला हुने गोइतले बताए।

यस्तै उनका अनुसार सुदुर पश्चिम प्रदेशको धनगढीमा तथा शाखा कार्यालय चारआलीमा कातिक ७ र ११ गते डिपोहरु बिदाको दिनमा खुला हुनेछ्न्। यसैगरी अन्य सहरहरुमा नेपालगंज, धनुषा, वीरगंज, दाङ र दिपायलमा पनि ७ र १३ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।

1210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका