
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले उपसभापति डा.स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न निर्देशन दिएका छन् । पार्टी समायोजन सभालाई सम्बोधन गर्दै उनले भने, ‘रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु- डा’साप आगामी बर्षको बजेट लेख्न सुरु गर्नुस् ।’
उनले पार्टीमा अहिले कवि, कलाकार, मोडलहरू जोडिएको भनेर विरोध गर्नेहरूलाई पनि जवाफ फर्काए । ‘तपाईंहरूले उनीहरूलाई गरिखान दिनु भयो र? बाध्य भएर हस्तक्षेप गर्न राजनीतिमा आएका हुन्’ उनले भने । उनले अन्य दलबीच एकता हुँदा र एकता भंग हुँदाका अनुहार हेरिरहेको भन्दै देश बनाउने यात्रामा गोलबद्ध हुन आग्रह गरे ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































