जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाणिज्य बैंकहरुको आधारदर घट्यो .. ?

बाणिज्य बैंकहरुको आधारदर घट्यो .. ?

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको आधारदर घटेको जनाएको छ । जसअनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ वैशाखको ९.५९ प्रतिशतको तुलनामा २०७७ वैशाखमा ८.९६ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ वैशाखमा ९१– दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.२९ प्रतिशत रहेकोमा २०७७ वैशाखमा ३.५१ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ वैशाखको ६.१२ प्रतिशतको तुलनामा २०७७ वैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ वैशाखको ९.५९ प्रतिशतको तुलनामा २०७७ वैशाखमा ८.९६ प्रतिशत कायम भएको छ । २०७७ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.४४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.९९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६७ प्रतिशत र १२.२३ प्रतिशत रहेका थिए । राष्ट्र बैंकले उक्त विवरण मंगलबार राती सार्वजनिक गरेको हो

6605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका