जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा ६ घण्टा अवरुद्ध हुने

लक्ष्मी सनराइज बैंकले आफ्नो कार्ड प्रणालीको स्तरोन्नति गर्नका लागि आगामी पुस २३ गते रातिदेखि ६ घण्टासम्म कार्ड सेवाहरू अवरुद्ध हुने जानकारी दिएको छ ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेको कार्ड स्विचमा सुधार गर्नुपर्ने भएकाले सेवा केही समयका लागि बन्द गर्न लागिएको स्पष्ट पारेको छ ।

बैंकका अनुसार, २०८२ पुस २३ गते राति १०:०० बजेदेखि पुस २४ गते बिहान ४:०० बजेसम्म कार्डसँग सम्बन्धित सम्पूर्ण कारोबारहरू प्रभावित हुनेछन् । यस ६ घण्टाको अवधिमा बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र डलर कार्ड प्रयोग गर्न पाउने छैनन् ।

यस्तै, एटीएमबाट नगद झिक्ने, पिओएस मेसिनमार्फत गरिने भुक्तानी र ई-कमर्स (अनलाइन सपिङ) भुक्तानीका सेवाहरू पनि सो समयमा उपलब्ध नहुने बैंकले जनाएको छ ।

यद्यपि, कार्ड सेवा अवरुद्ध भए पनि बैंकको मोबाइल मनी र इन्टरनेट बैंकिङ्ग सेवाहरू भने यथावत सुचारु रहनेछन् । प्रणाली सुधारको क्रममा ग्राहकहरूमा पर्न जाने असुविधाप्रति बैंकले क्षमा माग्दै, अत्यावश्यक कारोबारहरू सो समय अगावै वा वैकल्पिक माध्यमबाट गर्न समेत अनुरोध गरेको छ।

105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका