जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नागरिक लगानी कोषको नाफा बढ्यो

नागरिक लगानी कोषको नाफा बढ्यो

आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नागरिक लगानी कोषले रू. ५९ करोड २० लाख ९ हजार खुद नाफा गरेको छ ।

गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा यस वर्ष ५६ प्रतिशत वृद्धि भएको हो । गत वर्षको यस अवधिसम्म कम्पनीले रू. ३७ करोड ९४ लाख यो नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी ४० दशमलव ५६ प्रतिशत बढेकाले पनि नाफामा वृद्धि हुन सहयोग मिलेको देखिन्छ ।

गत वर्ष रू. ७० करोड ८५ लाख कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ९९ करोड ५९ लाख २१ हजार यो आम्दानी गरेको हो । यस वर्ष कम्पनीको खर्च पनि करीब २ प्रतिशत मात्र बढी भएको छ । गत वर्ष रू. २० करोड २६ लाख कुल खर्च गरेको कम्पनीले यस वर्ष रू. २० करोड ६५ लाख ७५ हजार गरेको छ ।

हकप्रद शेयर र बोनस शेयरमार्फत १२३ प्रतिशत चुक्तापूँजी बढाएर रू. ३ अर्ब पुर्‍याएको कम्पनीको शेयर प्रिमियम रकम रू. १ अर्ब २६ करोड ४८ लाख ७८ हजार छ ।

कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ८३ प्रतिशत बढी रू. १३ अर्ब २६ करोड ४० लाख ३४ हजार कायम भएको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा १४ प्रतिशत बढी लगानी गरेको छ ।

5960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका