जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • नेपालबाट असीमित भारु भारत लैजान पाइने

नेपालबाट असीमित भारु भारत लैजान पाइने

नेपाल सरकारले नेपाली र भारतीयले नेपालबाट भारतमा १ सयभन्दा साना दरका भारु नोट तथा सिक्का असीमित संख्यामा लैजान पाउने व्यवस्था गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै असीमित रुपमा भारुका नोट लैजान सकिने व्यवस्था गरेको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ ले दिएको अधिकार प्रयोग गरी नेपाल बाहिर मुद्रा निकासी वा पैठारी गर्ने सम्बन्धमा नेपाली र भारतीय नागरिकहरूले नेपालबाट भारतमा सुन, चाँदी वा मिश्रित चाँदीका नेपाली सिक्काबाहेक अन्य नेपाली र भारतीय सिक्का करेन्सी नोट र बैंक नोट असीमित मात्रामा लैजान वा पठाउन सक्ने व्यवस्था गरेको छ । तर, भारतीय रुपैयाँ १०० दरभन्दा ठूला दरका नोट र नेपाली मुद्राको हकमा देहाय बमोजिम हुनेछ ।

यस्तै, कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन । सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्नेछन् ।

यस्तै, नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारत बाहेक अन्य मुलुकमा लैजान वा पठाउन पाइने छैन । विदेशी विनिमय सटही कारोबार गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाबाट कानुन बमोजिम प्राप्त गरेको विदेशी मुद्रा नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।

यस्तै, विदेशी नागरिकको हकमा नेपाल राष्ट्र बैङ्कले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउन परेमा निजले नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्राको हकमा त्यस्तो विदेशी मुद्राको रकम भन्सार अधिकृत समक्ष घोषणा र प्रमाणित गरेको हुनु पर्नेछ । कसैले यस सूचनाको बर्खिलाप काम कारबाही गरेमा विदेशी मुद्रा जफत हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ ।

65
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका