जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • सिन्धुली एसबीआई बैंक लुटपाट : गाडीसहित एक जना नियन्त्रणमा

सिन्धुली एसबीआई बैंक लुटपाट : गाडीसहित एक जना नियन्त्रणमा

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो ।

लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार, बैंक लुटपाटमा संलग्नहरू चढेर गएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् । यद्यपि थप सोधखोज चलिरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए । उनीहरूको थप खोजी भइरहेको प्रहरीले जनाएको छ ।

40
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका