जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने

सिटिजन्स बैंक र र्याडिसन होटल काठमाडौंबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पश्चात् बैंकका कार्डबाहकले लाजिम्पाट स्थित र्याडिसन होटल साथै उक्त होटलद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउनेछन् । उक्त सहयोगले बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ ।

यस्तै मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

बैंकले देशैभरी फैलिएका १७४ वटा शाखा, १२३ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाख भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

3150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका