जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायका ड्राइभर पार्टनरलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायका ड्राइभर पार्टनरलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच उपायमा आबद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङसहित बीमालगायतका सुविधाहरु प्रदान गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस समझदारीबमोजिम उपायमा आबद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारी बैंकका रुपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहनेछ।

बैंकले कर्पोरेट बेनिफिट सेभिङ्स अकाउन्ट (एसबीसीबीएस) योजनाअन्तर्गत ड्राइभर पार्टनरहरु सहज भुक्तानीको सुविधासहितको शून्य शेषी खाता जसमा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा, रु. १५ हजारसम्मको औषधोपचार सुविधा र रु. ३५हजारसम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ।

यो समझदारीअनुरुप नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तीय साक्षरता अभिवृद्धि, आधुनिक बैंकिङ सुविधाको प्रयोगमा सरलतालगायतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखीकरण गर्दै जानेछ। जसले गर्दा सम्पूर्ण यातायात क्षेत्रमा नै वित्तीय साक्षरता तथा आधुनिक बैंकिङको उपयोगिता थप सहजता हुनेछ।

4015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।