
बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगाल्नु भएकी श्री अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् ।
नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिएइन्।
बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा राजभण्डारीलाई बैंकले सफल कार्यकालको शुभकामना सहित स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































