जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सूर्य नेपालद्वारा कोभिड बिरुद्ध लड्न ७ करोड सहयोग

सूर्य नेपालद्वारा कोभिड बिरुद्ध लड्न ७ करोड सहयोग

सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सातवटै प्रदेशलाई १/१ करोड रुपैयाँको दरले कूल ७ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार सूर्य नेपालका उपाध्यक्ष रवि केसीले १ करोड रुपैयाँ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई र बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एक÷एक करोड हस्तान्तरण गरेका छन् ।

सूर्य नेपालका तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई १ करोडको चेक हस्तान्तरण गरेका छन् भने बाँकी प्रदेशहरुः प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरुलाई छिट्टै सहायता रकम हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न हरेक प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।

सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

7655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका