
बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा सुधार आएको छ । कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकममा समेत सुधार देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्जा असुलीमा सुधार देखिएको हो । कर्जा असुलीमा सुधार आएसँगै मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा ३४ प्रतिशत बढेको छ । जस अनुसार चालु आर्थिक वर्षको मंसिरसम्मको रिपोर्टमा बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको देखिएको छ ।
यो नाफा अघिल्लो चार महिनासम्मको भन्दा ३३.७६ प्रतिशतले धेरै हो । कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा २१ अर्ब ३१ करोड रुपैयाँ थियो । मंसिरमा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट मात्रै १७ अर्ब १० करोड रुपैयाँ रिटर्न गर्न सफल भएका छन् । बैंकहरूको नाफा बढ्नुको मूख्य कारण कर्जा नोक्सानी व्यवस्थापनमा रकम उठाउन सक्नु हो । बैंकहरूले कर्जा असुली गरेको रकम नाफामा गणना हुने हुँदा नाफा बढेको देखिएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































