जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दक्षिणकालीको वोसनमा बन्ने भयो केवलकार

दक्षिणकालीको वोसनमा बन्ने भयो केवलकार

चम्पादेवी मन्दिरसम्म केबलकार बन्ने भएको छ । चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालिले यूरोपियन केबलकार डिजाइनमा केबलकार बनाउन लागेको हो । कम्पनीले उक्त केबुलकारको डिजाईन अस्ट्रियन कम्पनीबाट तयार गरेको जनाएको छ ।  कम्पनीले चम्पादेवी माताको मन्दिरको डिजाईन बरिष्ठ आर्किटेक र वास्तु विशेषज्ञ  शंकरनाथ रिमालबाट गराइएको कम्पनीले विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च गर्ने योजना रहेको रहेको छ । केबुलकार वि.सं. २०७९ को अन्त्यमा शुरु गरेर वि.सं. २०८१ को अन्त्यमा निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ । 

उक्त केबलकार कम्पनीले विदेशी लगानीकर्ता समेत भित्राउने लक्ष्य राखेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।  साथै बोसन गाउदेखि बेस स्टेशनसम्मका सडकलाई डिजाइन गरेको नक्सा अनुसार बिस्तारका लागि सम्बन्धित निकायहरुलाई अभिलम्ब आवश्यक पहल गरीदिन समेत आग्रह गरेको छ । 
    
कम्पनीले डाडाहरु गरी करीब बाईस हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ । यो केबलकार परियोजना २०७६ बैशाख २ गते बसेको ७१औ नगर कार्यपालिकाको निर्णय अनुसार २०७६ बैशाख ६ गते केबलकार निर्माण तथा संचालन अनुमती प्राप्त गरेको थियो । 

 कम्पनीले उक्त दक्षिणकाली नगरपालिकाबाट २०७६ बैशाख ६ गते नै  कम्पनीलाई आवश्यक पर्ने बेस स्टेसन, रोप वेका जग्गाहरु ख्रिद गर्ने काम सम्पन्न गरिएको पनि बताएको छ ।

उक्त क्षेत्रको खहरे चोकदेखि चाल्नाखेल बोसनमा रहेको कम्पनीको बेस स्टेसनसम्मको बाटोको सर्भे गरिएको कम्पनीले दावी गरेको छ । साथै कम्पनीलाई आवश्यक पार्किङ्ग एरिया सर्भे गरिएको, रोप वेको सर्भे गरिएको चम्पादेवी माताको मन्दिर एरिया, माउण्टेन–१ र २ सर्भेको काम समेत भएको जनाएको छ । 

3700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका