जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • अध्यादेश बजेट प्रतिस्थापन विधेयक २४ गते संसदमा टेबल हुने

अध्यादेश बजेट प्रतिस्थापन विधेयक २४ गते संसदमा टेबल हुने

अर्थमन्त्रालयले प्रतिस्थापन विधेयक भदौ २४ गते दर्ता गराउने भएको छ। १९ गते बसेको मन्त्रीपरिषद बैठकले बुधबार संसद बैठक बोलाउने निर्णय गरेको छ।

RiddiSiddi


मन्त्रालय स्रोत अनुसार प्रतिस्थापन विधेयक तयार भैसकेको छ। बुधबार संसदको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको गतिविधि हेर्ने र बिहीबार दर्ता गराउने तयारी छ। 

बुधबार सभामुख अग्नी सापकोटाको विरोधमा विपक्षी दलले संसद चल्न नदिने आंकलन गरिएको छ। बिहीबार विधेयक दर्ता गरी १ हप्ताभित्र छलफल सकि पास गर्ने तयारी सरकारको छ। स्रोत अनुसार प्रतिस्थापन विधेयकले बजेटको आकार समेत संशोधन गरेको छ।

यस्तै तयारी बिनाको आयोजनामा बजेट हटाइएको छ, भने आर्थिक पुनरुत्थानका लागि केही कार्यक्रम समावेश गरिएको छ। अध्यादेश निष्क्रिय हुनबाट जोगाउन संसदबाट पास गर्नुपर्ने बाध्यता छ।

4725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका