जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कुल बजार पूँजीकरणको सर्वाधिक हिस्सा नबिल बैंकले ओगट्यो

कुल बजार पूँजीकरणको सर्वाधिक हिस्सा नबिल बैंकले ओगट्यो

धितोपत्र दोस्रो बजारमा कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकले कायम गरेको छ । साउन ७ गते बिहीवार नेपाल दूरसञ्चार कम्पनीलाई पछि पार्दै नबिल बैंकले कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा कायम गरेको हो ।

बिहीवार नबिल बैंकको रू. १ खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार बराबरको बजार पूूँजीकरण कायम भएको छ । बिहीवार नबिल बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ५ ले बढेर रू. १ हजार ४५९ पुगेको हो ।

गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ३५९ अन्तिम मूल्य रहेको बैंकको कुल बजार पूँजीकरण भने रू. १ खर्ब ८३ अर्ब १९ करोड ५३ लाख ५२ हजार रहेको थियो ।

गत साताभन्दा यो साता बैंकको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १०० ले बढेको छ । दोस्रो बजारमा हाल नबिल बैंकको १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको छ ।

गत सातासम्म सर्वाधिक बजार पूँजीकरण रहेको नेपाल दूरसञ्चार कम्पनीको यो साता कुल बजार पूँजीकरण रू. १ खर्ब ९४ अर्ब ४० करोड कायम भएको छ । यो रकम गत साताको अन्तिम कारोबार दिन रू. १ खर्ब ९७ अर्ब १० करोड थियो ।

गत साता रू. १ हजार ३१४ रहेको नेपाल दुरसञ्चार कम्पनीको अन्तिम शेयरमूल्य यो साता प्रतिकित्ता रू. १८ ले घटेको हो । यस साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल दूरसञ्चार कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर रू. १ हजार २९६ कायम भएको छ ।

नेप्सेको वेवसाइटलाई आधार मान्दा हाल १३ समूहका १९१ कम्पनी सूचीकृत रहेका छन् । दैनिक कारोबारमा भने २२२ देखि २२५ ओटा कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ । बिहीवार धितोपत्र दोस्रो बजारकै कुल बजार पूँजीकरण भने रू. ४१ खर्ब ७९ अर्ब १७ करोड ४० लाख ७३ हजार पुगेको छ ।

गत साता यो रकम रू. १० खर्ब १० अर्ब ९५ करोड ७० लाख ८१ हजार रहेको थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रकम रू. १ खर्ब ६८ अर्ब २१ करोड ६० लाख ९२ हजार बढी कायम भएको हो ।

5145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?