जोडिनुहोस
बिहिबार, फाल्गुन २८, २०८२
बिहिबार, फाल्गुन २८, २०८२
  • होमपेज
  • ‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ डिशहोम गोमा लाईभ हेर्न पाइने

‘एफ सि बायर्न लेजेण्ड कप २०२६’ डिशहोम गोमा लाईभ हेर्न पाइने

बायर्न एफ सिले आयोजना गर्ने लेजेण्ड फुटवल खेलाडीहरुको फुटबल प्रतियोगिता “एफ सि बायर्न लेजेण्ड कप २०२६” डिशहोम गोमा प्रत्यक्ष प्रशारण हुदैछ ।

पुरानो शैलीको ईनडोर फुटवल प्रतियोगितामा सहभागी एफ सि बायर्नका आर्जेन रोविन,फ्र्याङ्क रिबेरी,लोथर म्याथ्युज र जोर्गन क्लिन्सम्यान जस्ता लेजेण्ड खेलाडीहरुले म्युनिखको साप गार्डेन स्टेडियममा फुटबल प्रेमीहरुका लागी पुराना दिनहरु ताजा गराउनेछन् ।

छ वटा क्लवहरु एफसी बायर्न म्युनिख, युभेन्टस, बोरुसिया डर्टमुन्ड, सेल्टिक एफसी, आईट्राक्ट फ्रान्कफर्ट र रियल म्याड्रिड सहभागी प्रतियोगितामा क्लवका अरु पुर्व स्टार प्लेयरहरु(लिजेण्ड फुटवलरहरु) को जादु पनि पुनह एकपटक हेर्न पाईने छ ।

नेपालमा भने यो प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ८ बजेर ५ मिनेट देखी डिशहोम गो एप तथा एक्सन स्पोर्टस एचडि २ च्यानलमा हेर्न पाईने छ ।

290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?