जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • आज ४२ सयले बढ्यो सुनको मूल्य

आज ४२ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज(सोमबार) सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकिएको छ । आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्