जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कर्जा प्रवाह र निक्षेप संकलनमा ग्लोबल आईएमई बैंक पहिलो, दोस्रोमा नबिल बैंक, तेस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथोमा कुमारी बैंक लिमिटेडः साना व्यवसायी र सर्वसाधारणले कर्जा पाउनै छाडे ?

कर्जा प्रवाह र निक्षेप संकलनमा ग्लोबल आईएमई बैंक पहिलो, दोस्रोमा नबिल बैंक, तेस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, चौथोमा कुमारी बैंक लिमिटेडः साना व्यवसायी र सर्वसाधारणले कर्जा पाउनै छाडे ?

नेपालका वाणिज्य बैंकहरुले सर्वसाधारण जनता साना व्यवसायीलाई कर्जा दिन छाडेका छन् भन्दा अब फरक पर्दैन । घर घराना र पहुँचवालाहरुलाई करोडौं होइन अर्बौ कर्जा दिएको भेटिएको छ । गर्भनर महाप्रसाद अधिकारीज्यू । हेक्का होस् । प्रायः सबै वाणिज्य बैंक अहिले कर्जा उठाउन (रिकभरी)मा लागि परेका छन् भन्दा फरक पर्दैन । तर केही बैंकहरुले घर घराना र ठूला पहुँचवालाहरुलाई भने कर्जा दिएको भेटिएको छ । यो कस्तो बैकिङ्ग हो गर्भनर साब साना व्यवसायी र सर्वसाधारणले कर्जा पाउनु फलामको चिउरा चपाउनु सरह भएको देखिन्छ । हेक्का होस् । २१ वाणिज्य बैंकहरु मध्ये कर्जा प्रवाह र निक्षेप संकलनमा ग्लोबल आईएमई बैंक पहिलो देखिएको छ । सञ्चालनमा रहेका २१ वाणिज्य बैंकमा निक्षेप संकलन तथा कर्जा प्रवाहका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकले वैशाखसम्ममा ४ खर्ब २१ अर्ब ८२ करोड निक्षेप संकलन गरेको छ भने ३ खर्ब ७७ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको भेटिएको छ ।

गत वर्षको असार मसान्तको तुलनामा बैंकको निक्षेप संकलन उत्साहजनक छ भने कर्जा प्रवाह ऋणात्मक छ । असार मसान्तसम्ममा ३ खर्ब ९७ अर्ब ५९ करोड निक्षेप संकलन गरेको बैंकले वैशाख मसान्तसम्ममा २४ अर्ब २३ करोडले बढाएर ४ खर्ब २१ अर्ब ८२ करोड पुर्याएको देखिन्छ । कर्जा प्रवाह भने १ अर्ब १६ करोडले घटेर ३ खर्ब ७३ अर्ब ९३ करोडबाट ३ खर्ब ७७ अर्ब ७७ करोडमा झरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । निक्षेप संकलन उल्लेख्य बढाएको नबिल बैंक दोस्रोमा स्थानमा छ । असार मसान्तसम्ममा नबिल बैंकले ३ खर्ब २९ अर्ब ५७ करोड निक्षेप संकलन गरेकोमा वैशाख मसान्तसम्ममा ४४ अर्ब ३२ करोडले बढाएर ३ खर्ब ७३ अर्ब ८९ करोड पुर्याएको भेटिएको छ । त्यस्तै गत असारमा नबिल बैंकले ३ खर्ब ९ अर्ब ६ करोड कर्जा प्रवाह गरेको थियो । वैशाख मसान्तसम्ममा सबै बैंकहरुको भन्दा धेरै २५ अर्ब ५३ करोड रुपैयाँले बढाएर ३ खर्ब ३४ अर्ब ५९ करोड पुर्याएको देखिन्छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड
निक्षेप संकलन र कर्जा प्रवाहका दृष्टिले तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छ । बैंकले गत असारसम्ममा ३ खर्ब ४२ अर्ब ७० करोड निक्षेप संकलन गरेको थियो । वैशाख मसान्तसम्ममा ११ अर्ब ५ करोडले बढाएर ३ खर्ब ५३ अर्ब ७५ करोड पुर्याएको छ । बैंकको निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह अलि सुस्त छ । असारसम्ममा ३ खर्ब १८ अर्ब २० करोड कर्जा प्रवाह गरेको बैंकले वैशाख मसान्तसम्ममा जम्मा ३ अर्ब ९३ करोडले बढाएर ३ खर्ब २२ अर्ब १३ करोड पुर्याएको छ ।

कुमारी बैंक लिमिटेड
असारसम्ममा कुमारी बैंकले ३ खर्ब २४ अर्ब ४४ करोड निक्षेप संकलन गरेको थियो । वैशाख मसान्तसम्ममा निक्षेप १२ अर्ब ६९ करोड रुपैयाँले घटेर ३ खर्ब ११ अर्ब ७५ करोडमा झरेको छ । समीक्षा अवधिमा कर्जा प्रवाह २ खर्ब ८६ अर्ब ३७ करोडबाट जम्मा ८४ करोड बढेर २ खर्ब ८७ अर्ब २१ करोड पुगेको छ ।

एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एसिया बैंकले असारदेखि वैशाखसम्ममा निक्षेप १८ अर्ब २७ करोड रुपैयाँले बढाएर २ खर्ब ९४ अर्ब ९८ करोडबाट ३ खर्ब १३ अर्ब २५ करोड पुर्याएको छ भने कर्जा प्रवाह ७ अर्ब ४२ करोडले बढाएर २ खर्ब ६८ अर्ब २४ करोडबाट २ खर्ब ७५ अर्ब ६६ करोड पुर्याएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंकले असारसम्ममा २ खर्ब ६७ अर्ब ५१ करोड निक्षेप संकलन गरेको थियो भने २ खर्ब ४३ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको थियो । वैशाख मसान्तसम्ममा निक्षेप ६ करोडले घटेर २ खर्ब ६७ अर्ब ४५ करोडमा झरेको छ भने कर्जा प्रवाह ५ अर्ब २ करोडले बढेर २ खर्ब ४८ अर्ब ६५ करोड पुगेको छ ।

एभरेष्ट बैंक लिमिटेड
असारसम्ममा एभरेस्ट बैंकको १ खर्ब ७३ अर्ब ४० करोड रुपैयाँ थियो भने १ खर्ब ५४ अर्ब ५५ करोड थियो । बैंकले निक्षेप १४ अर्ब २० करोडले बढाएर १ खर्ब ८७ अर्ब ६० करोड पुर्याउँदा कर्जा प्रवाह १० अर्ब १४ करोडले बढाएर १ खर्ब ६४ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंक लिमिटेड
गत असारसम्ममा १ खर्ब ५५ अर्ब १४ करोड निक्षेप संकलन गरेको सिटिजन्स बैंकले वैशाख मसान्तसम्ममा ६ अर्ब २० करोड रुपैयाँले बढाएर १ खर्ब ६१ अर्ब ३४ करोड पुर्याएको छ भने कर्जा प्रवाह १ खर्ब ३५ अर्ब ७७ करोडबाट ६ अर्ब ८४ करोड बढाएर १ खर्ब ४२ अर्ब ६१ करोड पुर्याएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंकले १० महिनामा निक्षेप २ अर्ब ४५ करोडले बढाएर १ खर्ब ४८ अर्ब ७० करोडबाट १ खर्ब ५१ अर्ब १५ करोड पुर्याउँदा कर्जा प्रवाह १ खर्ब २९ अर्ब ६१ करोडबाट २ अर्ब ६३ करोड रुपैयाँले बढाएर १ खर्ब ३२ अर्ब २४ करोड पुर्याएको छ ।

एनएमबी बैंक लिमिटेड
एनएमबी बैंकको असारसम्ममा निक्षेप संकलन १ खर्ब ८६ अर्ब ४० करोड रहेकोमा कर्जा प्रवाह १ खर्ब ८२ अर्ब ९ करोड थियो । वैशाख मसान्तसम्ममा निक्षेप १२ अर्ब ८४ करोडबाट बढेर १ खर्ब ९९ अर्ब २४ करोड पुगेको छ भने कर्जा १० अर्ब ४७ करोडले बढेर १ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैंक लिमिटेड
नेपाल एसबीआई बैंकले १० महिनाको अवधिमा निक्षेप १ खर्ब १९ अर्ब ६६ करोडबाट २३ अर्ब ६८ करोडले बढाएर १ खर्ब ४३ अर्ब ३४ करोड पुर्याएको छ भने कर्जा प्रवाह १३ अर्ब ५ करोडले बढाएर १ खर्ब १० अर्ब ६९ करोडबाट १ खर्ब २३ अर्ब ७४ करोड बनाएको छ ।

प्रभु बैंक लिमिटेड
गत असारसम्ममा प्रभु बैंकको निक्षेप संकलन २ खर्ब ८३ अर्ब ५४ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह २ खर्ब ४१ अब ८८ करोड थियो । वैशाख मसान्तसम्ममा निक्षेप ३ अर्ब ८१ करोडले घटेर २ खर्ब ७९ अर्ब ७३ करोडमा झरेको भने कर्जा प्रवाह १ अर्ब २४ करोडले बढेर २ खर्ब ४३ अर्ब १२ करोड रुपैयाँ नाघेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंकले १० महिनाको अवधिमा निक्षेप ३ अर्ब १९ करोडले बढाएर १ खर्ब ६५ अर्ब ३७ करोडबाट १ खर्ब ६८ अर्ब ५६ करोड बनाएको छ भने कर्जा ७ अर्ब १९ करोडले बढाएर १ खर्ब ५४ अर्ब ९५ करोडबाट १ खर्ब ६२ अर्ब १४ करोड पुर्याएको छ ।

सानिमा बैंक लिमिटेड
असारदेखि वैशाखसम्ममा सानिमा बैंकले निक्षेप १ खर्ब ५८ अर्ब ८८ करोडबाट ८ अर्ब ७३ करोडले बढाएर १ खर्ब ५८ अर्ब ८८ करोडबाट १ खर्ब ६७ अर्ब ६१ करोड पुर्याउँदा कर्जा प्रवाह १ खर्ब ४० अर्ब ८३ करोडबाट ६ अर्ब ५३ करोड रुपैयाँले बढाएर १ खर्ब ४७ खर्ब ३६ करोड पुर्याएको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंकको १० महिनाको अवधिमा निक्षेप २० अर्ब २९ करोडले बढाएर १ खर्ब ९६ अर्ब ४८ करोडबाट २ खर्ब १६ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह ३ अर्ब ५० करोडले बढेर १ खर्ब ८६ अर्ब ९ करोडबाट १ खर्ब ८९ अर्ब ५० पुगेको छ ।

लक्ष्मी र सनराइज लिमिटेड
लक्ष्मी बैंकले असार मसान्तसम्ममा १ खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३२ अर्ब ५७ करोड कर्जा प्रवाह गरेको थियो । वैशाख मसान्तसम्ममा निक्षेप १२ अर्ब ४५ करोडले बढाएर १ खर्ब ५२ अर्ब ३३ करोड पुर्याएको छ भने कर्जा २ अर्ब ९४ करोडले बढाएर १ खर्ब ३५ अर्ब ५१ करोड पुर्याएको छ । त्यस्तै सनराइज बैंकले असारदेखि वैशाखसम्ममा निक्षेप ७६ करोडले बढाएर १ खर्ब ३४ अर्ब ७९ करोडबाट १ खर्ब ३५ अर्ब ५५ करोड पुर्याउँदा कर्जा प्रवाह ६३ करोडले घटेर १ खर्ब २३ अर्ब ७७ करोडबाट १ खर्ब २३ अर्ब १४ करोडमा झरेको छ । लक्ष्मी बैंक र सनराइज बैंकले आजै (जेठ ८ गते) मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक निक्षेप–कर्जा दुवै संकलनका हिसाबले सबैभन्दा पुछारमा छ । १० महिनाको अवधिमा बैंकको निक्षेप संकलन १२ अर्ब २४ करोडले बढेर १ खर्ब १ अर्ब ९५ करोडबाट १ खर्ब १४ अर्ब १९ करोड रुपैयाँ पुग्दा कर्जा प्रवाह ५ अर्ब ५२ करोडले बढेर ८९ अर्ब ५९ करोडबाट ९५ अर्ब ११ करोड पुगेको छ ।

तीन सरकारी बैंक
समीक्षा अवधिका १० महिनामा कृषि विकास बैंकले निक्षेप संकलन १७ अर्ब ९९ करोडले बढाएर १ खर्ब ६६ अर्ब ७१ करोडबाट १ खर्ब ८४ अर्ब ७० करोड पुर्याउँदा कर्जा प्रवाह १ खर्ब ७८ अर्ब ५५ करोडबाट १ अर्ब ९७ करोडले बढाएर १ खर्ब ८० अर्ब ५२ करोड पुर्याएको छ ।
त्यस्तै नेपाल बैंकले निक्षेप संकलन असारदेखि वैशाखसम्ममा ३५ अर्ब ६३ करोडले बढाएर १ खर्ब ९७ अर्ब ११ करोडबाट २ खर्ब ३२ अर्ब ७४ करोड पुर्याएको छ भने कर्जा प्रवाह १ अर्ब २१ करोड बढाएर १ खर्ब ८० अर्ब ८२ करोडबाट १ खर्ब

८२ अर्ब ३ करोड पुर्याएको छ ।
राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंकमध्येमा अगाडि छ । गत असारसम्ममा बैंकले २ खर्ब ५६ अर्ब ६४ करोड निक्षेप तथा २ खर्ब २८ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको थियो । १० महिनाको अवधिमा बैंकले निक्षेप सबै बैंकको भन्दा धेरै ४७ अर्ब ४ करोडले बढाएर ३ खर्ब ३ अर्ब ६८ करोड पुर्याउँदा कर्जा प्रवाह ९ अर्ब ५९ करोडले बढाएर २ खर्ब ३८ अर्ब २४ करोड पुर्याएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । भन्दा फरक पर्दैन । सचेत भया ।

3115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका