जोडिनुहोस
बिहिबार, माघ ९, २०८२
बिहिबार, माघ ९, २०८२
  • होमपेज
  • ६ महिनामा रोजगारका लागि ५ लाख ९० हजार बढी विदेशीए !

६ महिनामा रोजगारका लागि ५ लाख ९० हजार बढी विदेशीए !

पछिल्लो ६ महिनामा विदेशीने नेपालीको संख्या ५ लाख ९० हजार पुगेको छ । यो वैदेशिक रोजगारीमा गएका नेपालीको संख्या हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि पुस मसान्तसम्ममा ५ लाख ९० हजार ७ सय १८ जनाले वैदेशिक रोजगारीमका लागि श्रम स्वीकृति लिएका छन् ।

यो छ महिना अवधिमा १४१ जना विना कागजात विदेशमा काम गर्दै आएका नेपालीहरूलाई वैधानिकीकरण गरिएको विभागले जनाएको छ । तथ्यांक अनुसार जसमा १ लाख ९६ हजार ४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा ४ हजार ८ सय ६६ जना जी टु जी मार्फत इजरायल, कोरिया तथा बेलायत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर ६४ हजार २ सय ६२ जना तथा ३ लाख २५ हजार ४ सय ७ जना म्यानपावर कम्पनीमार्फत गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका