जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • दरबारको फेरो समाएर उदाएका व्यवसायी रोहिणी थपलियाको सम्पत्ति लिलामी प्रक्रिया सुरु

दरबारको फेरो समाएर उदाएका व्यवसायी रोहिणी थपलियाको सम्पत्ति लिलामी प्रक्रिया सुरु

राजदरबार शक्तिशाली भएका बेला उदाएका व्यापारी रोहिणी थपलियाले ऋण नतिरेपछि बैंकले उनको सम्पत्ति लिलाम गर्ने भएको छ। राजदरबारमा निकटता राखेर पद्म श्री फर्निचर उद्योगबाट अम्पाएर खडा गरेका थपलियाको सम्पत्ति लिलाम गर्न बैंकले १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। उनी जापानी गाडी माज्दाको नेपालको अधिकृत बिक्रेता थिए। उनको कम्पनीको नाम ‘पद्म श्री प्रालि’ हो। यही कम्पनीको नाममा लिएको ऋण भुक्तानी नगरेपछि बैंकले सम्पत्ति लिलामी प्रक्रिया अगाडि बढाएको हो।

तात्कालिन ग्राण्ड बैंक नेपाल (प्रभुसँग गाभिइसक्यो) बाट थपलियाले एलसी खोलेर गाडी मगाएका थिए। उनले मगाएको सबै गाडी बिक्री पनि भयो। तर उनले बैंकलाई गाडी बिक्रीबाट उठेको पैसा भुक्तानी गरेनन्, शक्तिको बलमा आफैंले पैसा चलाए।

लामो समयसम्म ऋण नतिरेपछि बैंकले पटक-पटक सूचीत गर्दै आएको थियो। अन्तत: केही नलागेपछि लिलामी प्रक्रिया थालिएको बैंक स्रोतले जनाएको छ।

थपलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्धी हुन्। उनले त्यो बेलामा गाडी किन्न एलसी खोल्न केही ग्राहकसँग पैसासमेत लिएका थिए। लामो समयसम्म पनि गाडी नआएपछि ती ग्राहकले पैसा नै माया मारेका थिए।

बैंकले गत असोज ७ गते नै सार्वजनिक सूचना जारी गरेर ऋण तिर्न भनेको थियो। त्यसअघि २०७६ माघमा पनि ऋण तिर्न भनेको थियो। त्यसबेला सामान्य ब्याज तिरेर ऋण नियमित गरिएको थियो। पछि फेरि उनले ऋण तिर्न बन्द गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?