जोडिनुहोस
आइतवार, माघ १२, २०८२
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७औँ वर्षमा प्रवेश

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७औँ वर्षमा प्रवेश

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापनाको १७औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्म १६ वर्षे यात्रा पूरा गरेको हो।

‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ इसेवाले भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ। कम्पनीले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा आफूलाई विकास गरेको जनाएको छ।

हाल इसेवाले टपअप, युटिलिटी बिल भुक्तानी, फ्लाइट टिकट, होटल बुकिङ, बीमा खरिद, मुभी टिकट, कर्जा, लगानी लगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ। इसेवा अधिकांश नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म बनेको कम्पनीको दाबी छ।

१७औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले कम्पनीका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउन निरन्तर लागिरहने बताए। उनले नियामक, प्रयोगकर्ता, समाज र सबै सरोकारवालासँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारमार्फत समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको जानकारी दिए।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले १७ वर्षे यात्राले नेपालकै कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित भएको उल्लेख गरे। यस उपलब्धिलाई गन्तव्य नभई भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिइएको उनको भनाइ थियो।

प्रयोगकर्ताका आवश्यकता र प्रविधिको विकासलाई केन्द्रमा राख्दै हरेक दिन नवप्रवर्तनमा लागिरहेको र आगामी दिनमा अझ जिम्मेवार भएर डिजिटल नेपालको यात्रामा योगदान दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

१७औँ वार्षिकोत्सवको अवसरमा इसेवाले सेवा थप विस्तार गरेको छ। यस अवसरमा दृष्टिविहीन तथा कम दृष्टि भएका प्रयोगकर्तालाई लक्षित टकब्याक सुविधा, भुक्तानीलाई छिटो र सहज बनाउने इन्टेन्ट-बेस्ड पेमेन्ट र इसेवा सर्कल च्याट जस्ता प्रयोगकर्ता केन्द्रित सुविधाहरू सार्वजनिक गरिएको छ।

टकब्याक सुविधा दृष्टिविहीन वा कम दृष्टि भएका प्रयोगकर्ताका लागि सुरु गरिएको हो। टकब्याक सेवा सुरु गर्ने इसेवा नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी बनेको छ। यस सुविधाले स्क्रिनमा देखिने कुरालाई आवाजमा रूपान्तरण गर्छ। यसबाट बटन, नाम र कामहरू सजिलै बुझ्न र प्रयोग गर्न सकिन्छ। टकब्याक नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध छ।

इन्टेन्ट-बेस्ड पेमेन्ट सुविधाले भुक्तानी प्रक्रियालाई अझ छिटो र सरल बनाएको छ। यो प्रयोगकर्ताको भुक्तानी गर्ने इच्छामा आधारित प्रणाली हो। यसमा भुक्तानी जहाँ आवश्यक हुन्छ, त्यहीँबाट प्रक्रिया सुरु हुन्छ। मर्चेन्ट एप वा वेबसाइटमा ‘पे विथ इसेवा’ क्लिक गरेपछि सिधै इसेवा एप खुल्छ।

डिभाइस स्तरको प्रमाणीकरण जस्तै फिङ्गरप्रिन्ट वा फेस आईडीमार्फत भुक्तानी स्वीकृत हुन्छ। यसले एमपिन, पासवर्ड वा ओटीपीको झन्झट हटाउँछ। यस सुविधाले प्रक्रिया बीचमै रोकिने समस्या कम गरी केही सेकेन्डमै सुरक्षित लेनदेनको अनुभव प्रदान गर्छ।

इसेवा सर्कलमा च्याट सुविधा पनि थप गरिएको छ। यसमा प्रयोगकर्ताले साथीहरू थप्न, समूह बनाउन, बिल बाँडफाँड गर्न, उपहार पठाउन, कमेन्ट गर्न र रियाक्ट गर्न सक्छन्। सामूहिक रूपमा बिल बाँडफाँड गरेपछि अर्को एपमा गएर कुराकानी गर्नुपर्ने झन्झट हट्छ। ग्रुप च्याटका सन्देशहरू सधैँ रहने भएकाले साथीहरूबीचको संवाद र लेनदेन अझ सहज हुने विश्वास गरिएको छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?