जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बिजबजारको भारी छुट सहितको “२० मा BIZ” Campaign

बिजबजारको भारी छुट सहितको “२० मा BIZ” Campaign

नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक Campaign अन्तर्गतको असार महिनाको Campaign असार १९ गते राती १२ बजे देखि २२ गते सम्म live हुने भएको छ।

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

यस Campaign अन्तर्गतको Save Big योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र, (Flat Amount Discount) भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने Luckyमानी योजना अन्तर्गत कम्तीमा रु ३,००० बराबरको सामान खरिद गर्ने सेवाग्राहीहरू मध्ये एक  भाग्यशाली ग्राहकले लक्किड्र मार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्नेछन्।

त्यसै गरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले रु १२० बराबरको Discount Coupon प्राप्त गर्नेछन्। त्यस्तै सेवाग्राहीहरूले बिजबजारकाे अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया (Review) दिँदा रु १०० बराबरको मोबाइल टप अप समेत प्राप्त गर्नेछन्।

अर्को योजना पानी पर्याे अफर झर्याे अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारकाे तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन्। Catch & Win खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने Guess the product खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन्।

सँग सँगै सो Campaign का दिन “यसमै छ खुसी” योजनामा अफरहरूको टाइमर सेट हुनेछ जस्मा सेवाग्राहीहरूले समय अनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै Health & Beauty, Go Sports Crazy, Baby Deals जस्ता अन्य अफर र योजनाहरू समेत रहेका र २० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएकाे छ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि याे सेवा लिन सकिनेछ ।

2420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका