
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरतकुमार आचार्यविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यमाथि पदीय मर्यादा विपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदातलमा मुद्दा दायर गरेको हो।
आचार्यले स्रोत खुलाउन नसकेको ६ करोड ७८ लाख ९१ हजार रूपैयाँलाई बिगो कायम गरिएको छ।
सेवा अवधिमा आचार्यको १० करोड २९ लाख ९९ हजार बराबरको सम्पत्ति देखिएकामा ३ करोड ५१ लाख ८ हजारको सम्पत्तिको मात्र स्राेत खुलाएकाले आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेकाे कसुरमा मुद्दा दायर गरेकाे अख्तियारले जनाएकाे छ।
आचार्य २०४८ माघ ६ गते सरकारी सेवा प्रवेश गरेका थिए। अख्तियारले सेवा प्रवेश मितिदेखि २०८० असार ६ गतेसम्मकाे आचार्यको सम्पत्तिको अनुसन्धान गरेको थियो।
अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि आचार्यकी पत्नी लिला सुवेदीलाई पनि प्रतिवादी बनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार

































































