
नबिल इन्भेष्टमेन्ट बैंकिङ १६औँ वर्षमा प्रवेश गरेको छ । १५औँ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै नबिल इन्भेष्टमेन्ट बैंकिङ माघ २३ गते १६औँ वर्षमा प्रवेश गरेको हो ।
वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारयणचौरको प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेष्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ ।
स्थापनादेखि हालसम्म नाबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित वाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको जनाएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
नबिल इन्भेष्टमेन्टले मर्चेन्ट बैंकिङ अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने इन्भेष्टमेन्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
यसका अलावा संस्थाका ग्राहकहरुका लागि संस्थागत परामर्श सेवा अन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मुल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन तथा लगानी सम्बन्धि परामर्श सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ । त्यस्तै, निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राईभेट ईक्विटी फण्ड संचालनको तयारीमा रहेको कम्पनीले जनाएको छ ।
१५औं वर्षको यस उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै, नाबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले आगामी दिनहरूमा पनि नवीनतम सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रबिधीमैत्री र दिगो लगानी अभ्यास मार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































