जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घरजग्गा कर्जा र गाडी कर्जामा वाणिज्य बैंकहरुको चर्को दादागिरीः राष्ट्र बैंकको मौन समर्थन, अर्थमन्त्री शर्मा बोल्दैनन ?

घरजग्गा कर्जा र गाडी कर्जामा वाणिज्य बैंकहरुको चर्को दादागिरीः राष्ट्र बैंकको मौन समर्थन, अर्थमन्त्री शर्मा बोल्दैनन ?

नेपालका २७ वाणिज्य बैंकहरुले घरजग्गा कर्जा र गाडी कर्जामा तरलता अभाव देखाउदै ब्याजदर अत्यन्तै उच्च बढाएपछि कर्जाको ग्राहक माथी मर्का मात्रै परेको छैन । ठूलो अन्यय भएको छ भन्दा फरक पर्दैन । नेपालको बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा अन्य प्रकृतिका कर्जासँगै घर कर्जाको ब्याजदर पनि बढेको छ । घर कर्जा र गाडी कर्जाका लागि बैंकहरुले निश्चित अवधि तोकेर लिने कर्जा र अन्य अवधिको कर्जाको लागि फरक–फरक ब्याजदर तोक्दै आएका छन् । भन्दा फरक पर्दैन ।

हेरौं कुन बैंकले कति ब्याज तोकिएका छ त ?
सरकारी स्वामित्वको कृषि विकास बैंकको आधार दर ७.७८ प्रतिशत छ । बैंकले ५ र १० वर्षे अवधिको घर निर्माण प्रयोजनका लागि घर कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १० वर्षे अवधिको कर्जाका लागि आधार दरमा २ प्रतिशत थप प्रिमियम लिन्छ । साथै, १५ वर्षे अवधिको घर कर्जामा भने आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ । साथै, कृषि विकास बैंकलवे घर खरिद प्रयोजनार्थ ५ र १० वर्षे अवधिको कर्जाको हकमा आधार दरमा बढीमा २ प्रतिशत र १५ वर्षे अवधिको घर कर्जामा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । त्यसैगरी बैंकले जग्गा किन्नका लागि आधारदरमा ३ प्रतिशत प्रिमियर थपिने छ । यस्तै कृषि विकास बैंकबाट बिजनेश कम्प्लेक्स र हाउजिङको लागि ऋण लिँदा आधारदरमा ३ प्रतिशत प्रिमियम थप्नुपर्ने छ ।

यस्तै बैंकले अटो लोनमा आधार दरमा २ प्रतिशत थप प्रिमियम लिन्छ । यस्तै सेञ्चुरी कमर्सियल बैंकको माघ मसान्तसम्मको आधारदर ८.८६ प्रतिशत छ । बैंकले १० वर्षे अवधिको घर कर्जामा आधार दरमा अधिकतम ४ प्रतिशत, १५ वर्षे अवधिको कर्जामा अधिकतम ४.५० प्रतिशत र २० वर्षे अवधिको कर्जामा अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । त्यसैगरी स्थिर ब्याजदर अन्तर्गत १० वर्षे अवधिका लागि ११.९९ प्रतिशत, १५ वर्षे अवधिका लागि १२.४९ प्रतिशत र २० वर्षे अवधिको कर्जामा १२.९९ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै बैंकले सवारी साधन ऋण(व्यक्तिगत प्रयोग) का लागि पाँच वर्षको लागि आधार दरमा ४ प्रतिशत देखि अधिकतम ११ दशमलव ९९ प्रतिशत तोकेको छ । यस्तै ७ वर्षसम्म आधार दरमा अधिकतम ७ दशमलव ५० देखि १२ दशमलव २४ सम्म ब्याजदर तोकेको छ ।

यस्तै सिटिजन्स बैंक इन्टरनेशनलको माघ मसान्तसम्मको आधारदर ९.२९ प्रतिशत छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम ०.२५ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । बैंकले स्थिर ब्याजदर अन्तर्गत ५ वर्षे अवधिको १०.५० प्रतिशत, ६ देखि १० वर्र्षे अवधिको ११ प्रतिशत, ११ देखि १५ वर्षे अवधिको ११.५० प्रतिशत र १६ वर्षे वा सो भन्दा बढी अवधिको १२ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले अटो लोनमा ० दशमलव २५ प्रतिशत देखि ५ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

सिभिल बैंकको पुस मसान्तसम्म आधारदर ९.७४ प्रतिशत छ । बैंकबाट ५ वर्षे अवधिको होम लोनका लागि आधारदरमा ४.५० प्रतिशत प्रिमियम तोकेको छ । ५ वर्षभन्दा बढी अवधिको कर्जामा अधिकतम ५.५० प्रतिशत र ७ वर्षसम्मको कर्जा लिने हो भने आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ । सिभिल बैंकले अटो लोनमा आधार दरमा ३ प्रतिशतसम्म व्याजदर तोकेको छ । ग्लोबल आइएमई बैंकको माघ मसान्तमा बैंकको आधारदर ७.९९ प्रतिशत रहेको छ । बैंकबाट घर तथा जग्गा कर्जा लिँदा आधारदरमा न्यूनतम २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याज अन्तर्गत ११.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै बैंकले अटो लोनमा आधारदरमा न्यूनतम २.५० देखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याज अन्तर्गत ११.९९ देखि १३.९९ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

कुमारी बैंकको पुस मसान्तको औसत आधारदर ८.६९ प्रतिशत रहेको छ । बैंकबाट घर कर्जा लिँदा आधारदरमा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट स्थिर ब्याज अन्तर्गत २ देखि ५ वर्षे अवधिको लागि ११, ५ देखि १० वर्षे अवधिको लागि ११.५० प्रतिशत, १० वर्ष वा सोभन्दा माथि अवधिका लागि ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै बैंकले अटो लोनमा आधारदरमा न्यूनतम २ देखि ६.५० प्रतिशतसम्म प्रिमियम तोकेको छ ।

माघ मसान्तसम्म माछापुच्छ्रे बैंकको आधारदर ७.५० प्रतिशत छ । बैंकबाट स्थिर कर्जा ५ वर्षे अवधिको लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको लागि १३.५० प्रतिशत र १० वर्षे अवधिको लागि १४.५० प्रतिशत ब्याज तोकेको छ । यस्तै बैंकले अटो लोनमा आधारदरमा ७.६० प्रतिशतसम्म प्रिमियम तोकेको छ । एनआइसी एसिया बैंकको पुस मसान्तको आधारदर ९.४४ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । साथै, १५ वर्षे अवधिको स्थिर कर्जामा १३.८९ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले अटो लोनमा १० वर्षसम्म फ्लोटिङ दरमा आधार दरमा ६ प्रतिशत र फिक्स रेटमा १३.८९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंक बैंकको पुस मसान्तको आधारदर ७.६२ प्रतिशत रहेको छ । बैंकबाट १ करोडसम्मको हाउजिङ लोन लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले १ करोड ७ वर्षे अवधिका कर्जाका लागि १२.३३ प्रतिशत, १० वर्षे अवधिको लागि लिँदा १३.३३ प्रतिशत र १० वर्षदेखिमाथि लागि लिँदा १४.३३ प्रतिशत ब्याजदर तोकेको छ । साथै, १ करोडभन्दा बढी कर्जा लिँदा ७ वर्षे अवधिका हकमा १२.८३ प्रतिशत, १० वर्षे अवधिको हकमा १३.८३ प्रतिशत र १० वर्षदेखिभन्दा बढी अवधिको कर्जाका लागि १४.८३ प्रतिशत ब्याजदर तोकिएको छ । बैंकले सवारी साधनमा सात वर्षसम्मका लागि १२.८३ प्रतिशत, १० वर्षसम्म १३.८३ प्रतिशत र आधार दरमा ७ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

सिद्धार्थ बैंकको पुस मसान्तको आधारदर ८.५३ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ ।
बैंकले अटो लोन÷हायर पर्चेज लोनमा आधार दरमा ६ प्रतिशतसम्म व्याजदर तोकेको छ । प्राइम बैंकको पुस मसान्तको आधारदर ८.९८ प्रतिशत रहेको छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६.९९ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर ब्याजदरतर्फ ५ देखि २० वर्षे अवधिको कर्जामा १३ देखि १४ प्रतिशत ब्याजदर लाग्ने छ । ५ वर्षे अवधिको १ करोड ५० लाखसम्मको ५ वर्षे अवधिको कर्जामा ९.४९ प्रतिशत, ५ देखि १० वर्षे अवधिका लागि १०.४९ प्रतिशत र १० वर्ष वा सोभन्दाबढी अवधिको कर्जामा ११.२५ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै १ करोड ५० लाखभन्दा बढीको ५ वर्षे अवधिको कर्जामा ९.७५ प्रतिशत, ५ देखि १० वर्षे अवधिकोे कर्जामा १०.७५ प्रतिशत र १० वर्षेभन्दा बढी अवधिको कर्जामा ११.५ प्रतिशत ब्याजदर तोकिएको छ ।

प्राइम बैंकले हायर पर्चेज लोन कर्मसिय भ्याकलमा आधारदरमा ६.९९ प्रतिशतसम्म व्याजदर तोकेको छ भने हायर पर्चेज लोन प्राइभेट भ्याकलमा आधार दरमा ६.९९ प्रतिशतसम्म व्याजदर तोकेको छ । एनएमबि बैंकबाट हाउजिङ लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर तोकेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ८.६० प्रतिशत रहेको छ । यस बैंकले अटो लोनमा ६ प्रतिशतसम्म व्याजदर तोकेको छ ।
सानिमा बैंकबाट होम लोन लिँदा आधारदरमा ८.०८ प्रिमियम तोकेको छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.०८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । निजी प्रयोजनका लागि अटोलोनमा ७ प्रतिशत माथि व्याजदर तोकेको छ ।

लक्ष्मी बैंकको माघ मसान्तसम्मको आधारदर ८.८० प्रतिशत छ । होम लोनमा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याजदरतर्फ १ वर्षे अवधिका लागि १०.९९ देखि ११.९९ प्रतिशत, २ देखि ३ वर्षे अवधिको कर्जाको हकमा ११.९९ देखि १२.९९ प्रतिशत, ३ देखि ५ वर्षे अवधिको कर्जाको हकमा १२.९९ देखि १३.४९ प्रतिशत र १० देखि १५ वर्षे अवधिका कर्जाका लागि १३.९९ देखि १४.९९ प्रतिशत ब्याजदर तोकिएको छ । यस बैंकले अटो लोनमा आधारदरमा ५ प्रतिशतभन्दा माथि व्याजदर तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट ५ वर्षे अवधिको स्थिर होम लोन लिँदा आधारदरमा न्यूनतम ८.८९ देखि अधिकतम ९.१४ प्रतिशत तोकेको छ । यस्तै २० वर्षे अवधिको कर्जाको हकमा आधारदरमा ८.८९ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले गाडी कर्जा(७ वर्षसम्म) का लागि ११ प्रतिशत, विद्युतीय सवारी साधन कर्जा(७ वर्षसम्म) ९.५० प्रतिशतसम्म व्याजदर तोकेको छ ।

एनसीसी बैंकको माघ मसान्तसम्म आधारदर ९.०७ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा आधारदरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकबाट ५ वर्षे, ५ देखि १० वर्षे, १० वर्ष भन्दा बढी अवधिको लागि कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियम तोकेको छ ।
साथै, स्थिर ब्याजदरतर्फ ५ वर्षभन्दा कम अवधिका लागि १२.२९ प्रतिशत, १० वर्षसम्मको लागि १२.५२, प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि १२.९४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले सवारी साधन ऋणमा आधार दरमा ७ प्रतिशत माथि ब्याजदर तोकेको छ ।
नेपाल बैंकको पुस मसान्तसम्म आधारदर ६.९२ प्रतिशत रहेको छ । बैंकबाट रियल स्टेट हाउजिङ लोन लिँदा आधारदरमा न्यूनतम ३.१९ देखि अधिकतम ४.१९ प्रतिशतसम्म प्रिमियम तोकेको छ । रियल स्टेट कमर्सियलको लागि आधारदरमा न्यूनतम २.१९ देखि अधिकतम ३.१९ प्रिमियम तोकिएको छ ।

होम लोनतर्फ ५ वर्षे अवधिका लागि आधारदरमा १.५५ देखि २.१६ प्रतिशत, १० वर्षे अवधिका लागि आधारदरमा थप २.१९ देखि २.८० प्रतिशत, १५ वर्षे वा सोभन्दा बढी अवधिका लागि आधारदरमा थप ३.०५ देखि ३.६६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । व्यक्तिगत होम लोनतर्फ आधारदरमा न्यूनतम १.५५ देखि अधिकतम ३.१६ प्रतिशत प्रिमियम तोकेको छ । यस्तै बैंकले अटो लोनमा प्राइभेट सवारी साधनको पाँच वर्षसम्मका लागि २.५५ देखि आधार दरमा ३.१६ प्रतिशतसम्म व्याजदर तोकेको छ । यस्तै सात वर्षसम्मका लागि आधार व्याजदरमा ३.५५ प्रतिशत देखि ४.१६ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

सनराइज बैंकबाट घर कर्जा लिँदा आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । स्थिर कर्जातर्फ ५ वर्षे अवधिका लागि १२.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको १३ प्रतिशत, १० देखि १५ वर्षे अवधिका लागि १३.५० प्रतिशत ब्याजदर तोकेको छ । माघ मसान्तसम्म बैंकको आधारदर ९.०३ प्रतिशत रहेको छ । यस बैंकले अटो लोनमा ५ वर्षसम्म १३ प्रतिशत र ५ वर्षभन्दा माथि र ८ वर्षसम्मको १४ प्रतिशत व्याजदर तोकेको छ ।

हिमालयन बैंककोबाट होम लोन लिँदा आधारदरमा अधिकतम ८.७५ प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट १० वर्षे अवधिको स्थिर कर्जा लिँदा १४.७५ प्रतिशत ब्याजदर तोकेको छ । यस बैंकले हायर पर्चेज(प्राइभेट)मा आधार दरमा ६ प्रतिशतसम्म र ७ वर्षसम्मका लागि १२.४९ प्रशितसम्म व्याजदर तोकेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले आधारदरमा न्यूनतम २.५० देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर कर्जामा ५ वर्षे अवधिको कर्जातर्फ लागि १०.२५, ५ देखि ७ वर्षे अवधिका लागि १०.७५, ७ देखि १० वर्षे अवधिको लागि ११.५ र १० देखि माथीको लागि १२.७५ प्रतिशत तोकेको छ ।

यस बैंकले अटो लोनमा पाँच वर्षसम्म आधारदरमा १०.२५ प्रतिशतसम्म र ५ देखि ७ वर्षसम्म १०.७५ प्रतिशतसम्म व्याजदर तोकेको छ ।
नेपाल एसबीआई बैंकको पुस मसान्तको आधारदर ८.५७ प्रतिशत छ । बैंकबाट होम लोन लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले स्थिर कर्जा ३ वर्षे अवधिको कर्जामा १३.५०, ३ देखि ५ वर्षे अवधिको कर्जामा १४.५० प्रतिशत, ५ देखि १० वर्षे अवधिको कर्जामा १५ प्रतिशत र १० वर्षे वा सोभन्दा बढी अवधिको १५.५० प्रतिशत ब्याजदर तोकिएको छ । यस बैंकले अटो लाने÷हायर पर्चेज लोनमा आधारदरमा ७ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

प्रभु बैंकको माघ मसान्त सम्मको आधारदर ८.६९ प्रतिशत रहेको छ । बैंकले ५ वर्षे अवधिको होम लोन लिँदा आधादरमा ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले ५ देखि १० वर्षे, १० देखि १५ वर्षे र १५ देखि २५ वर्षे अवधिका लागि आधार दरमा अधिकतम ७ प्रतिशत प्रिमियम तोकेको छ । स्थिर ब्याजदर ५ वर्षे अवधिका लागि ११.९९ र ५ देखि १० वर्षे अवधिका लागि १२.९९ प्रतिशत ब्याजदर रहेको छ ।
यस बैंकले व्यक्तिगत अटो लनेमा पाँच वर्षसम्म ७ प्रतिशत, पाँच वर्षदेखि ८ वर्षसम्म ८ प्रतिशतसम्म व्याजदर तोकेको छ । हाय पर्चेज लोखमा ७ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

निश्चित ऋण दरमा अटोलनमा ५ वर्षसम्म १२.२४ प्रतिशत र पाँच देखि १० वर्षसम्म १३.२४ प्रतिशत व्याजदर तोकेको छ । बैंक अफ काठमाण्डूबाट कर्जा लिँदा न्यूनतम ८.२० प्रतिशतदेखि अधितमक १५.२० प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साथै स्थिर ब्याजतर्फ १० वर्षे अवधिको कर्जाको हकमा १२.४८ प्रतिशत र १५ वर्षे अवधिका लागि १३.४८ प्रतिशत तोकिएको छ । यस बैंकले अटो लोनमा आधारदरमा ७.५ प्रतिशत व्याजदर रहेको छ ।

माघमा नेपाल बंगलादेश बैंकले आधारदर ८.७३ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ लोन लिँदा आधारदरमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेको छ । साथै, स्थिर ब्याजदरतर्फ ५ वर्षभन्दा कम अवधिका लागि १०.९९ प्रतिशत, ५ देखि १० वर्षे अवधिका लागि १०.९९ प्रतिशत, १० देखि २० वर्षे अवधिका लागि ११.४९ प्रतिशत ब्याज तोकेको छ । बैंकबाट ५ वर्षे अवधिको अटो लोनका लागि आधारदरमा ९.९९ प्रतिशत प्रिमियम तोकेको छ । ५ वर्षभन्दा माथि अवधिको कर्जामा अधिकतम १०.९९ प्रतिशत प्रिमियम तोकेको छ ।

नबिल बैंकको पुस मसान्तको आधारदर ७.३९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधार दरमा न्यूनतम ३ देखि अधिकतम ७ प्रतिशत प्रिमियम तोकेको छ । बैंकले स्थिर कर्जा ५ वर्र्षे अवधिको लागि हाउजिङ लोन लिँदा १२ प्रतिशत, ५ देखि १० वर्षे अवधिको १२.५० र १० देखि १५ वर्षे अवधिको लागि १२.९९ प्रतिशत ब्याज तोकेको छ । यस्तै बैंकले अटो लोनमा प्राइभेटतर्फ ३ देखि ७ प्रतिशत, कर्मसियलतर्फ ४ देखि ७ प्रतिशत, ट्याक्टर लोनमा ४ देखि ७ प्रतिशत र विद्युतीय सवारी साधनमा ३ देखि ७ प्रतिशतसम्म व्याजदर तोकेको छ । अटो लोनमा ५ देखि ७ वर्षसम्मको लागि १२ प्रतिशतसम्म व्याजदर तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर माघ मसान्तसम्म ७.६५ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ कर्जा लिँदा आधादरमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेको छ । यस बैंकले आधार दरमा पाँच प्रतिशतसम्म व्याजदर तोकेको छ ।
मेगा बैंकले हाउजिङ लोन आधारदरमा ८.४६ प्रतिशत प्रिमियम तोकेको छ । बैंकबाट हाउजिङ लोन लिँदा १५.४६ प्रतिशतसम्म ब्याज लाग्ने छ । मेगा बैंकका माघ महिनाको अटो लोनमा भने पाँच वर्षसम्मको १२.५० प्रतिशत व्याजदर तोकेको छ भने ५ देखि १० वर्षसम्मको १३ प्रतिशत, १० देखि १५ वर्षसम्मको १४.५० प्रतिशत, १५ देखि माथिको १५ प्रतिशत व्याजदर तोकेको छ । भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकले आयातमा कडाई गरेको असर अटो बजारमा देखिन थालेको छ । गत माघ पहिलो साता राष्ट्र बैंकले सवारी साधनको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । नेपाल राष्ट्र बैंकले सवारी साधानमा ५० प्रतिशत र केही पास्र्टमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । भन्दा फरक पर्दैन । जे भएपनि तरलता अभाव देखाउँदै कर्जा ब्याजदर अत्याधिक बढाउने वाणिज्य बैंकहरु माथी राष्ट्र बैंकको मौन समर्थन भए पनि अर्थमन्त्री जनार्दन शर्मा किन बोल्दैनन् । यो खोजीको विषय बनेको छ हेक्का होस् ।

5970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?