जोडिनुहोस
बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • राजनीतिक दलले चन्दा–सहयोग पनि बैंक खातामै प्रयोग गर्नुपर्ने।

राजनीतिक दलले चन्दा–सहयोग पनि बैंक खातामै प्रयोग गर्नुपर्ने।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न नयाँ कार्यविधि जारी गरेको छ। सो कार्यविधिअनुसार निर्वाचनका बेला राजनीतिक दल र उम्मेदवारले प्राप्त गर्ने चन्दा तथा आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामार्फत मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

कार्यविधि अनुसार नगद वा चेक जुनसुकै माध्यमबाट रकम प्राप्त भए पनि सो रकम पहिला बैंक खातामा जम्मा गरेर मात्र खर्च गर्न पाइनेछ। कार्यविधिको दफा ६(२) मा २५ हजार रुपैयाँ वा सोभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्ने उम्मेदवारले रकम सिधै बैंक खातामार्फत लिनुपर्ने व्यवस्था गरिएको छ।

नयाँ कार्यविधिमा २५ हजार रुपैयाँभन्दा कम रकम पनि बैंक खातामै राखेर प्रयोग गर्नुपर्ने व्यवस्था समेटिएको छ। अभिलेखका रूपमा राख्नुपर्ने प्रावधान कार्यविधिमा उल्लेख छ।निर्वाचन आयोगले सरकार वा सरकारी बजेट परिचालन हुने निकायबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नपाइने स्पष्ट पारेको छ।

पब्लिक कम्पनीहरूबाट पनि चन्दा वा सहयोग लिन निषेध गरिएको छ। विदेशी सरकार, संस्था वा व्यक्तिबाट आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरिएको छ।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका