जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारले तिर्नुपर्ने ऋणभार बढेको बढ्यै : कुल ऋणको आकार साढे २८ खर्ब

सरकारले तिर्नुपर्ने ऋणभार बढेको बढ्यै : कुल ऋणको आकार साढे २८ खर्ब

सरकारले तिर्न बाँकी ऋण बढेर उच्च तहमा पुगेको छ । हालसम्म यो रकम बढेर साढे २८ खर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको सार्वजनिक ऋणको प्रतिवेदनमा उल्लेख भए अनुसार माघ मसान्तसम्ममा यो रकम झन बढेको हो । यस अघि यस्तो ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ थियो ।

रिपोर्ट अनुसार एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भएर कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ। हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ तथा बाह्य ऋण १५ खर्ब नौ अर्ब ८४ करोड छ। हाल यो रकम हिसाव गर्दा कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत हुन आउँछ । माघ मसान्तसम्म वैदेशिक ऋण ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋण ४७ दशमलव १९ प्रतिशत छ।

565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका