जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दैसरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।आजै काठमाडौं उपत्यका वैशाख १६ गते विहान ६ बजेदेखि २२गतेराति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय समेत गरेको छ । बैठकले पहाडी जिल्लामा २०० भन्दा बढि संक्रमित भेटिए निषेधाज्ञाजारी गर्ने निर्णय समेत गरेको छ ।

यसको जम्मेवारीस्थानीय प्रशासनलाई  दिइएको छ । त्यसैगरी बैठकले नेपाल–भारत सीमाना पनि बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो समय भारतमा तीव्र गतीमा कोरोना संक्रमितबढ्नथालेपछि नेपालीहरु फर्कने क्रम बढेको थियो । त्यसैगरी हवाई उडानको हकमा भने रोक्ने वा नरोक्ने भन्ने विषयमा कुनैपनि निर्णय गरिएको छैन ।

काठमाडौं उपत्यकाको हकमा बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि७ बजेसम्म खाद्यान्न पसल खुल्नेछन् । त्यसबाहेकअत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय समेत गरिएको छ ।

7035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका