जोडिनुहोस
मङ्लबार, फाल्गुन ५, २०८२
मङ्लबार, फाल्गुन ५, २०८२
  • होमपेज
  • एनआईबिएल इक्विटी पार्टनर्सको सल्लाहकार बोर्डको सदस्यमा उपेन्द्र पौड्याल नियुक्त

एनआईबिएल इक्विटी पार्टनर्सको सल्लाहकार बोर्डको सदस्यमा उपेन्द्र पौड्याल नियुक्त

एनआईबिएल इक्विटी पार्टनर्सले आफ्नो सल्लाहकार बोर्डको सदस्यमा उपेन्द्र पौड्याललाई नियुक्त गरेको छ। उनको नियुक्तिले बैंकको रणनीतिक नेतृत्वका साथै दिगो र मूल्यमान्यतामा आधारित बैंकिङ सेवामा थप बल पुग्ने विश्वास लिइएको छ।

पौड्याल नेपालको वित्तीय क्षेत्रका एक स्थापित व्यक्तित्व हुन्। उनीसँग वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, र दिगो वित्तको क्षेत्रमा झण्डै चार दशक लामो अनुभव रहेको छ। उनले आफ्नो कार्यकालमा नियामक निकाय, वित्तीय संस्थाहरू र विकास साझेदारहरूसँग मिलेर नेपालको बैंकिङ क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

यसअघि उनले नेपालको पहिलो संयुक्त लगानीको बैंक नबिल बैंक लिमिटेडको अध्यक्ष र १७ वर्षसम्म एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए। उनको नेतृत्वमा संस्थागत सुशासन, जोखिम व्यवस्थापन र दिगो बैंकिङमा ठूलो उपलब्धि हासिल भएको थियो।

‘दिगो र मूल्य मान्यतामा आधारित बैंकिङमा पौड्यालको अतुलनीय विशेषज्ञता र सफलताको इतिहासले एनआईबिएलको सल्लाहकार बोर्डलाई अझ मजबुत बनाउनेछ,’ एनआईबिएल इक्विटी पार्टनर्सका सीईओ शिवान्त पाँडेले भने, ‘हाम्रो सुशासन ढाँचालाई सुदृढ पार्न, दिगोपनका अभ्यासहरूलाई बढावा दिन र नेपालको बैंकिङ क्षेत्रमा नवप्रवर्तन ल्याउन उहाँको मार्गदर्शन महत्वपूर्ण हुनेछ।“

आफ्नो नयाँ भूमिकाबारे उपेन्द्र पौड्यालले भने, ‘नेपालमा प्राइभेट इक्विटीको पारिस्थितिकी प्रणाली अहिले एक महत्वपूर्ण मोडमा छ। यस नयाँ भूमिकामा एनआईबिएललाई यसको वृद्धिको अर्को चरणमा लैजान मद्दत गर्न पाउँदा म उत्साहित छु। म बोर्ड र व्यवस्थापनसँग सहकार्य गर्दै एनआईबिएलको रणनीतिक उद्देश्यहरू प्राप्त गर्न र नेपालमा एक उत्थानशील र समावेशी इकोसिस्टमको विकासमा योगदान पुर्याउन तत्पर छु।“

हाल उनी ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको एशिया प्रशान्त क्षेत्रीय प्रतिनिधिको रूपमा कार्यरत छन्। साथै, उनी त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको ’पोस्ट ग्रेजुएट डिप्लोमा इन सस्टेनेबल बिजनेस म्यानेजमेन्ट’ को सल्लाहकार समितिको अध्यक्ष समेत हुन्।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?