जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको कार्वाहीमा

नारायणी डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको कार्वाहीमा

नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको छ । अनिवार्य नगद मौज्दात नपुर्याएको र कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) कायम नगरेको भन्दै राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पहिलो पटक , दोस्रो पटक र तेस्रो पटक मा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ अनुसार कार्वाही गरेको जनाएको छ ।

उक्त बैंकलाई राष्ट्र बैंकले कार्वाहीस्वरुप बैंकबाट जारी इ.प्रा निर्देशन नं.१३/०८० को बुँदा नम्बर १ को उपबुँदा ३,४ र ५ र इ.प्रा. निर्देशन नम्बर २१/८० को बुँदा नम्बर ७ (संशोधनसमेत)मा भएको व्यवस्था अनुसार १२ हजार ८ सय ४६ रुपैयाँ २८ पैसा नगद जरिवाना गराएको छ ।

त्यस्तै, राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकले कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि कायम नगरेको भन्दै २ लाख ४१ हजार ९ सय २४ रुपैयाँ ०१ पैसा नगद जरिवाना तिराएको छ ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?