बैंकिङ्ग
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि गरिने अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क लगायतका अन्तर्राष्ट्रिय भुक्तानीमा विशेष सहुलियत उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिसा शुल्क, बीमा शुल्कलगायत विभिन्न सेवाको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
बैंकका अनुसार यो योजना अन्तर्गतको छुट सन् २०२६ जुलाई ३१ सम्म लागू रहनेछ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा देशभर रहेका आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यस योजनासम्बन्धी विस्तृत जानकारी तथा सेवा उपलब्ध हुने शाखा कार्यालयहरूको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार




































































