जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनकामना स्मार्ट लघुवित्तको आईपिओ खुल्यो

मनकामना स्मार्ट लघुवित्तको आईपिओ खुल्यो

मनकामना स्मार्ट लघुवित्तले आज असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले   ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गरेको हो  ।

जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ  । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ  ।

शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतवार आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले फागुन १४ मा शेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

मनकामना स्मार्ट लघुवित्तले डबल बि माइनस (BB-) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई डबल बि माइनसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले पनि मध्यम जोखिम जनाउछ ।

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । जसमा  ट्रिपल बि  चौथो उत्तम रेटिङ हो भने डबल बि पाचौ उत्तम रेटिङ हो । रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुती लाई जनाउछ ।  इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ ।

6745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?