जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाबाट नेपाल लाइफको बीमाशुल्क तिर्दा विज्ञान दाहालले पाए आइफोन

इसेवाबाट नेपाल लाइफको बीमाशुल्क तिर्दा विज्ञान दाहालले पाए आइफोन

इसेवाबाट नेपाल लाइफको बीमाशुल्क भुक्तानी गर्दा एक ब्यक्तिले आइफोन पाएका छन् । नेपाल लाइफको बीमाशुल्क इसेवाबाट भुक्तानी  गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेता विराटनगरका विज्ञान दाहालले आइफोन १२  पाएका हुन् उक्त आइफोन नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।  

आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमाशुल्क भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमाशुल्क भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । 

7125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका