जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • सीजी इलेक्ट्रेनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

सीजी इलेक्ट्रेनिक्सद्वारा राष्ट्रिय स्तरको प्रमोटर मिट काठमाडौंमा सम्पन्न

सीजी इलेक्ट्रेनिक्स अन्तर्गत रहेका एलजी, सीजी, माइडिया टीसीएल गेदरेज, क्रम्पटन, बेको, सेन्सेइ, केन्ट, एलिका, ब्ल्याक एण्ड डेकर लगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको देशभर कार्यरत १२५ भन्दा बढी प्रमोटरहरूको सहभागितामा राष्ट्रिय स्तरको प्रमोटर मिट सफलतापूर्वक सम्पन्न भएको छ।

फागुन ७, ८ र ९ गते काठमाडौंमा आयोजित उक्त तीनदिने कार्यक्रम बिक्री क्षमताको सुदृढीकरण, उत्पादनसम्बन्धी तालिम, ग्राहक सेवा उत्कृष्टता तथा ब्रान्ड–केन्द्रित रणनीतिक सोच विकासमा केन्द्रित रहेको थियो।

कार्यक्रमअन्तर्गत प्रमोटरहरूलाई नवीन प्रविधि, उत्पादनको विशेषता, प्रतिस्पर्धी बजार बुझाइ तथा ग्राहक आवश्यकताअनुसार समाधान प्रस्तुत गर्ने व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा संरचित इङ्गेजमेन्ट एक्टिभिटिज तथा प्रेरणा–केन्द्रित सत्रहरू पनि समावेश गरिएका थिए, जसले प्रमोटरहरूको व्यावसायिक आत्मविश्वास, टोलीगत समन्वय र संगठनप्रतिको प्रतिबद्धता अभिवृद्धि गरेको सीजी इलेक्ट्रेनिक्सले जनाएको छ।

उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रमोटरहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरी उनीहरूको योगदानको औपचारिक मूल्याङ्कन गरिएको थियो। यस पहलले बिक्री टिमलाई अझ उत्तरदायी, दक्ष र ग्राहक–केन्द्रित सेवा प्रदान गर्न प्रेरित गर्ने अपेक्षा कम्पनीको रहेको छ।

सीजी इलेक्ट्रेनिक्सका अनुसार, यस प्रकारको राष्ट्रिय स्तरको तालिम तथा सशक्तिकरण कार्यक्रमले अब उपभोक्ताहरूलाई आफ्नो आवश्यकता अनुसारको उपयुक्त उत्पादन सहज, स्पष्ट जानकारीसहित र विश्वासका साथ प्राप्त गर्न सहयोग पुग्नेछ।

कम्पनीले आगामी दिनहरूमा पनि मानव संसाधन विकास, निरन्तर तालिम तथा प्रदर्शन–आधारित प्रोत्साहन कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै उत्कृष्ट ग्राहक अनुभव सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका