जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकले नाफा १८७.५८%ले बढायो,  ईपीएस कति ?

कामना सेवा विकास बैंकले नाफा १८७.५८%ले बढायो,  ईपीएस कति ?

कामना सेवा विकास बैंक लिमिटेडले यस आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले नाफा बढाएर ईपीएस बढाउन सफल भएको छ।

खुद नाफा

अहिले त्रैमासमा कामना सेवाले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नाफा १८७.५८ प्रतिशतले बढेको हो।

खुद ब्याज आम्दानी घट्यो, इम्पेरमेन्ट चार्ज पनि घटेपछि नाफा बढ्यो

यस समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ। आश्विन मसान्त सम्म बैंकले ब्याज मार्फत ४९ करोड ९ लाख ब्याज आम्दानी गरेको छ जुन गएको आर्थिक वर्षमा ५२ करोड २२ लाख रहेको थियो। जुन ६.०१ प्रतिशतले घटेको हो। तेस्तै बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ६२.८८ प्रतिशत घटेको छ। जसका कारण सञ्चालन मुनाफा बढ्न पुगेको छ।

सञ्चालन मुनाफा
सञ्चालन मुनाफा २०३.३३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ५ करोड ९३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १८ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा अनुपात (एनपीएल)
बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ३.४८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.४० प्रतिशत थियो।

वितरण योग्य मुनाफा
२ करोड ५६ लाख रुपैयाँ

वितरणयोग्य प्रति सेयर आम्दानी
३ रुपैयाँ १४ पैसा

प्रति सेयर आम्दानी
बैंकको नाफाले बैंकको प्रति सेयर आम्दानी बढाएको छ।गत आर्थिक वर्षको यहि समिक्षा अवधिमा ९ रुपैयाँ ५० पैसा रहेको प्रति सेयर आम्दानी अहिले बढेर १४ रुपैयाँ ५७ पैसा पुगेको छ।

मूल्य आम्दानी अनुपात
२०.५१ गुणा रहेको छ

प्रति सेयर नेटवर्थ
१४७ रुपैयाँ १८ पैसा

निक्षेप संकलन तथा कर्जा लगानी
५४ अर्ब ८३ करोड रुपैयाँ बैंकले निक्षेप संकलन गरेर ४३ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्तापुँजी
३ अर्ब २८ करोड रुपैयाँ

रिजर्भ
१ अर्ब ५२ करोड रुपैयाँ

550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका