
कुमारी बैंकको सेयर मूल्य १० कारोबार दिन २३ प्रतिशत बढेको छ। बैंकको सेयर मूल्य फागुन १९ गते प्रति कित्ता १९९.८० रुपैयाँ रहेकामा सोमबार २४६.४० रुपैयाँ पुगेको छ। सोमबार १४ वटा वाणिज्य बैंकको सेयर मूल्य घट्दा कुमारीको प्रति कित्ता ३.२० रुपैयाँ बढेको छ।
फागुन १९ यता १० कारोबार दिनमा कुमारीको सेयर मूल्य २३.३२ प्रतिशत अर्थात प्रति कित्ता ४६.६० रुपैयाँ बढ्नुको कारण के हो? बहुमतको सरकार गठनको तयारीसँगै बजार बुलिस ट्रेण्डमा रहँदा कुमारी बैंकको मूल्य उकालो लाग्नुको कारण उसको सुधारिएको ब्यालेन्स सिट हो।
बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म नाफामा छलाङ मारेको छ। बैंकले यो अवधिमा २ अर्ब ७२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८६.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले जम्मा २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सम्बन्धित समाचार


लोकप्रिय समाचार















































